बिश्वजनसंख्या दिवसमा धादिङमा जिल्ला स्तरीयवक्तृत्वकला

616 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/विश्वभरको जनसंख्या र त्यसको आवश्यकताका बारेमा चासो दिंदै हरेक वर्ष जस्तै यो वर्ष पनि विभिन्न कार्यक्रम गरी विश्व जनसंख्या दिवस मनाईंदैछ | राष्ट्रसंघीय विकास कार्यक्रमको सन्चालन परिषदले सन् १९८९ मा दिवश मनाउने तय गरेयता हरेक वर्ष जनसंख्या दिवश मनाईन्छ | समान र न्यायोचित विश्व निर्माणमा प्रजनन स्वास्थ्यले खेल्ने महत्वपूर्ण भूमिकामा जोड दिन राष्ट्रसंघीय जनसंख्या कोषले दिवशको यसवर्षको नारा ‘किशोरावस्थामा गर्भादान,सर्वाङगिण विकासमा व्यवधान ’ तय गरिएको छ |  बिश्वजनसंख्या दिवसको अवसर पारेर विहीवार धादिङबेसीमा जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयद्धारा आयोजित प्रतियोगितामा पाल्पासामरी भञ्ज्याङ माविकी भगवती लम्साल प्रथम,वाल मन्दिर प्राविकी रुपा गुरुङ द्धित्तीय र पशुपती माविकी सिर्जना थापा तृत्तीय भएका थिए । आठ जना छात्र छात्राको सहभागिता रहेको प्रतियोगितामा पहिलो,दोश्रो तेश्रो हुनेलाई क्रमश दुई हजार,१५ सय र एक हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
जिल्ला स्वास्थ्य कार्यालय धादिङका वरिष्ठ जनस्वास्थ्य प्रशासक मोहम्मद दाउदको अध्यक्षतामा भएको कार्यक्रम प्रमुख अतिथी धादिङका पमुख जिल्ला अधिकारी बिष्णुप्रसाद पोखरेल रहनुभएको थियो । प्रतियोगिता ‘किशोरावस्थामा गर्भादान,सर्वाङगिण विकासमा व्यवधान ’ शिर्षकमा आयोजना गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका जनसंख्या तथा परिवार नियोजन कार्यक्रम अधिकृत मच्छिन्द्र न्यौपानेले जानकारी दिनु भयो ।