708 पटक पढिएको
जूनमा जग्मगाऊन्
बद्रीप्रसाद दाहाल
अध्यक्ष : धादिङ सिर्जना प्रतिष्ठान
मधुकर मह भर्दै , गुन्गुनाएर नाचे ।
सुमन वनखुलाई , बैंस पोखेर हॉसे ।।
चिरविर सुर छर्दै , भुर्भुराएभ‘गेरा ।
धवलितझरनामा , घुर्घुराए परेवा ।। १।।
तरुगृह मधुमोही , पाउला रङ्गदार ।
पुलकिततनलाली , पोतिएकाअपार ।।
गजल र कवितामा , गाजलू नाच्नथालिन् ।
नयन– नयनजुध्दा , अङ्ग नै भॉच्नलागिन् ।।२।।
हलचल मनपार्दै , घुम्न थाल्यो अनङ्ग ।
कुच– कटि कविताका , नाभि पार्छन् झसङ्ग ।।
मधुरिमलय दिन्छन् , छिन्छिनाई चुरीले ।
वदनउजिलिए छन् , जाइ– चम्पा– जुईले ।।३।।
ललित रसितगाला , रेशमी — केश लामा ।
नयन – डिल खुलेका , क्वैलीकामुग्ध— गाना ।।
चुलबुल मन पार्दै , वैजयन्तीफुलेछन् ।
गजलर कवितामा , मोह– मायाझुलेछन् ।।४।।
चरम नरम तिम्रा , अङ्ग– प्रत्यङ्गकान्ता ।
नयनभरि सजाई , राख्छु मेरी जयन्ता ।।
शुभ मन रस बोली , कर्ममा छम्छमाऊन् ।
नव– दिन सृजनाका , जूनमाजग्मगाऊन् ।। ५।।
समाप्तम्
Email : [email protected]
सम्पर्क :९८४१५२८१५५,