स्वास्थ्यकर्मचारी र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान

541 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ जिल्ला स्वास्थ्य कार्यालय धादिङले जिल्लामा संचालित खोप सेवा कार्यक्रममा उत्कृष्ठ कार्य सम्पादन गर्ने स्वास्थ्यकर्मचारी र महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई सम्मान गरेको छ ।
सम्मानित हुने स्वास्थ्यकर्मीहरुमा नौविसे स्वास्थ्य चौकीका शिवहरी भट्ट, हेमन्त सुवेदी र रविन्द्र पाण्डे, थांक्रे स्वास्थ्य चौकीका गिता भट्ट र शुरेखा रायमाझी, किराञ्चोक उपस्वास्थ्य चौकीका पार्वती बस्नेत र गंगा भण्डारी,खरी उपस्वास्थ्य चौकीका बिश्वनाथ साह,सरला श्रेष्ठ र चोलावहादुर सिम्खडाका साथै सल्यानकोट स्वास्थ्य चौकीका ज्ञानवहादुर दहाल र र गिता तिमिल्सिना रहेका छन । सोमवार जिल्ला स्वास्थ्य कार्यालयमा आयोजित एक कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य प्रशासक मोहम्मद दाउदले उहांहरुलाई सम्मान गर्नुभएको हो ।
यसैगरी खोप सेवा कार्यक्रमलाई प्रभावकारी वनाउन  घर घरमा पु¥याउन सहयोग गर्ने महिला स्वास्थ्य स्वमसेविकाहरुलाई पनि सोही अवसरमा सम्मान गरिएको थियो ।  सम्मानित हुने महिला स्वास्थ्य स्वमसेविकाहरुमा नौविसे वडा नम्बर ३ की राधिका चापागाई वडा नम्बर ५ की कमला केसी,थांक्रे २ की रुपा सुवेदी, ३ की भवानी रुपाखेती,खरी २ की पार्वती भण्डारी ,वडा नम्बर ५ की गिता श्रेष्ठ,किराञ्चोक ६ की मिठुमाया तामाङ र वडा नम्बर ८ की बाटुली श्रेष्ठ रहनुभएको छ । बैशाख महिनालाई खोप महिनाको रुपमा मनाउंदा उक्त अवधिमा उत्कृष्ठ कार्यगर्नेहरुलाई यस पटक सम्मन गरिएको जिल्ला स्वास्थ्य कार्यालय धादिङका खोप कार्यक्रमका प्रमुख शरद आचार्यले वताउनुभयो ।