किराञ्चोकको कृषि उन्नतीका लागि चीनले सघाउने

918 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

राजेन्द्र बस्नेत
किराञ्चोक (धादिङ) ६ मंसिर – जलवायु अनुकुनल उत्पादनमा बढोउन्नतीमा प्राविधिक सहयोग गर्न चीन सरकारको विकास अनुसन्धान केन्द्र राज्य परिषदको प्रतिनिध मण्डल किराञ्चोक आएको छ । परिषदका जनरल डेपुटी डाईरेक्टर डाक्टर योङ शेङ झाङले स्थानीय कृषक प्रतिनिधिहरुसंग अन्तरक्रिया गरेकाछन् ।

मंगलवार धादिङको गजुरी गाउँपालिकाको किराञ्चोक पुगेका चीनको पेकिङ विश्वविद्यालयमा अर्थशास्त्रमा विद्यावारिधी गर्दै गरेका तथा अनुसन्धान र परामर्शमा कार्यरत स्था स्कुल अफ नेचुरल रिर्सोसेज एण्ड वायो इनभारोमेन्टका अध्यक्ष दामोदर भुसालको विशेष पहलमा त्रिभुवन विश्वविद्यालयका द्वय प्राध्यापक रामकैलाश यादव र प्रा.डा. चन्द्र पोख्रेल र विभिन्न विधाका चिनियाँ विज्ञ प्रतिनिधिहरुलाई गजुरी गाँउपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले स्वागत गर्दै किसानहरुको स्थानीय सरकारले पु¥याएका आर्थिक तथा प्राविधिक सेवाहरुको वारेमा जानकारी गराएका थिए । नेपाली किसानहरुको कृषि निर्वाहमुखि भएको र व्यावसायिकि करणमा सघाउन प्रतिनिधि मण्डललाई अध्यक्ष बस्नेतले आग्रह गरेका छन् ।
नेपाल र चीन असल छिमेकी हौ । हाम्रो मित्रतालाई वीचमा हिमालले छेकेको थियो । अव हिमाललाई पार गर्न हवाई मार्ग सफल भई सकेको छ । स्थलमार्ग पनि निमार्ण भइरहेकाछन् । हामी तपाईहरुलाई कृषिमा सघाउन आतुर छौ डा. झाङले भने । चीन पनि ३० वर्ष अघिसम्म अहिलेको नेपाल जस्तै थियो । जसरी पनि विकास गर्ने चीनको नीतिले ३० वर्षमा ३० गुणा विकास भएको छ । केही विषयमा चीन पछुतो मान्दैछ । चीनको विकास तपाईहरुलाई देखाउँछौ । तपाईहरुलाई सिकाउन चिनियाँ किसानहरु र विज्ञ ल्याउछौ । तपाईहरु कृषिको कस्तो विकास चाहनु हुन्छ किसानहरुलाई प्रश्न गरे । किसानहरुले आफुहरु संग जल, जमिन र जनशक्ति भएको तर प्रविधि, सीप र ज्ञान नभएकाले निर्वामुखि कृषि गर्न वाध्य भएको बताए । किसानहरुको जिज्ञासामा डा. झाङ रितिरिवाज, संस्कृति, सभ्यता, मौलिकपन हराउर्दै गएर पारिवारिक विखण्डन शुरु भएको छ । चाडपर्व विषेश जमघट हुन्थ्यो अहिले त्यो पनि हराएको छ । युवाहरु शहरमा बस्ने भएकाले गाँउमा वृद्धवृद्धाहरु मात्र हुने अत्याधुनिक प्रविधिको प्रयोगबाट कृषि गर्दा जलवायुमा प्रतिकुल असर परेको बताए । हामी यहाँका युवाहरुलाई जलवायु अनुकुलन कृषिमा सघाउछौ र गाँउमै रोजगारी सृजना गराउछौ ।

विदेश जान ऋण पाउने तर स्वदेशमा काम गर्न ऋण नपाउने अवस्था रहेको छ । किसानहरु नवार्हमुखि खेतीमा तल्लिन भएको उत्पादित बस्तुको मूल्य विचौयाले तोक्छ । किसानहरु लागत उठ्दैन । किसानहरु दिनप्रतिदिन घाटना जान्छ । कृषिलाई पर्यटनसंग जाडेर सहकारीको माध्यमबाट वजारिकरण गर्न सके किसानहरुलाई राहत पुग्ने सक्ने धारणमा किसान प्रतिनिधिहरुले राखेका थिए । डा. झाङले उत्पादन र वजारिकरण संग पर्यटन जोडेर विकास गर्न सकिन्छ । त्यसको लागि हामी अनुसन्धान गर्छौ । किराञ्चोकमै अनुसन्धान गर्छौ । किराञ्चोकमै काम शुरु गछौ ।