धादिङमा व्यवसायिक तरकारी उत्पादन बढ्दै

713 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अधिकारी
धादिङ/ धादिङ जिल्लाका किसानहरु व्यवसायिक रुपमा तरकारीखेती तर्फ आकर्षित हुन थालेका छन । राजधानीको वजारमा खपत हुने तरकारी तथा फलफूल उत्पादनमा अग्रणी स्थान ओगट्दै आएको धादिङ जिल्लाका वासिन्दाको मुख्य आयआर्जनको माध्यम तरकारी खेती बन्न थालेको छ ।
बिषादीरहित तरकारी उत्पादनका लागि सरकारी तथा गैर सरकारी क्षेत्रवाट निकै पहल भएपनि तत्काल आयआर्जन गर्ने लोभमा धादिङका किसानले बिषादीको प्रयोगलाई भने घटाउन नसकेको उपभोक्ताहरुको गुनासोछ ।  । जिल्ला कृषि बिकास कार्यालय धादिङका अनुसार जिल्लामा आर्थिक बर्ष २०६८÷०६९ मा पांच हजार ८ सय ६० हेक्टरमा लगाईएको तरकारीवाट बर्षभरीमा  ७४ हजार ९ सय ३६ मेट्रिक टन उत्पादन भएको थियो । आर्थिक बर्ष २०६७÷६८ मा पांच हजार ड सय ३० हेक्टरमा गरिएको खेतीवाट ७४ हजार चार सय ५८ मेट्रिक टन तरकारी उत्त्पादन भएको जिल्ला कृषि विकास कार्यालय धादिङले जनाएको छ । व्यवसायिक रुपमा उत्पादित तरकारीलाई वजार सम्म पु¥याउन कुनै कठिनाई नभएको र उपभोक्ताले बिषादीरहित तरकारीको खोजी बढी गर्ने भएकाले जिल्लामा अर्गानिक खेती गर्न किसानहरु आकर्षित भएको जिल्ला फलफूल तथा तरकारी उत्पादक सहकारी संघका अध्यक्ष हेमनाथ थपलिया बताउं्रछन ।
वजारमा अर्गानिक तरकारीको माग बढ्दै गएको र वजार मुल्यपनि राम्रो पाइने भएकाले धादिङका किसानहरुको आकर्षण अर्गानिक तरकारी खेतीमा पर्न थालेको हो । धादिङमा  जिल्लाको कुलजनसंख्याको ८४.८५ प्रतिशत व्यक्तिहरु कृषि पेशामा संलग्न रहेका छन । जनगणना २०६८ अनुसार जिल्लाको जनसंख्या ३ लाख ३५ हजार रहेको छ । जिल्ला कृषि विकास कार्यालय धादिङका बरिष्ठ कृषि विकास अधिकृत होमराज बिष्टका अनुसार एक लाख ९२ हजार चार सय सतासी हेक्टर मध्ये ४८ हजार १ सय ३६ हेक्टरमा व्यवसायिक रुपमा खेती हुंदै आईरहेको छ  ।
धादिङ जिल्लाको छत्रेदेउराली,नौविसे, जिवनपुर, थांक्रे, केवलपुर, तसर्पु,  भुमेस्थान,बैरेनी,पिडा,कल्लेरी,गजुरी,वेनिघाट,धुषा,जोगिमारा,सलाङ,नलाङ, कुम्पुर लगायतका गाविसमा व्यवसायिक रुपमा तरकारी खेती हुंदै आईरहेको छ । काठमाण्र्डौ, नारायणगढ,पोखरा,बुटवल,हेटौंडा,बिरगन्ज लगायतका शहरमा धादिङ जिल्लाको तरकारी बिक्रि बितरण हुने गरेको छ भने भारतीयवजारका लागि चाहिने अदुवा धादिङको धार्केवाट बिक्रि हुने गरेको बिष्ठ बताउंछन । वजारको समस्या नभएकाले धादिङमा बर्षे,हिउंदे र बसन्त गरी तीन मौसममा तरकारी उत्पादन हुंदै आईरहेको छ । जिल्लामा उत्पादित तरकारी  बिक्रिवाट धादिङ जिल्लामा बार्षिक २० करोड रुपैया भन्दा बढि रकम भित्रने गरेको जिल्ला फलफूल तथा तरकारी उत्पादक सहकारी संघका अध्यक्ष थपलिया बताउंछन । चरौंदीमा रहेको कृषक सुधार फलफुल तरकारी उत्पादक सहकारीले मात्र वार्षिक १० करोड भन्दा बढिको तरकारी बिक्रि गर्दै आईरहेको थपलियाले वताए ।
व्यवसायिक रुपमा तरकारी उत्पादन हुनेक्रम बढ्न थालेपछि अधिकांश स्थानका किसानहरु सहकारीमा आवद्ध भई सोही  सहकारी मार्फत तरकारी तथा फलफूल बिक्रि गर्दै आईरहेका छन । व्यवासयिक रुपमा तरकारी उत्पादन बढ्दै गएपछि जिल्लाभित्र रोजगारीको अवसर बढ्नुका साथै किसानको आयस्तरमा समेत सुधार हुन थालेको छ । जिल्लाका विभिन्न गाउंमा उत्पादन भएका तरकारी वजारसम्म लैजान जिल्लाभित्र दुईदर्जन भन्दा बढी साना तथा ठुला ट्रकको प्रयोग हुने गरेको छ भने सहकारी मार्फत ठाउं ठाउंमा खोलिएका तरकारी संकलन केन्द्रमा स्थानीय व्यक्तिहरुले रोजगारी पाईरहेको उद्योग वाणिज्य संघ धादिङका महासचिव लोकनाथ डल्लाकोटी बताउंछन । व्यवसायिक रुपमा बढ्दै गएको तरकारीखेतीमा बिषादीको न्युनिकरणका लागि किसानहरु आंफै सचेत हुन थालेकोे धादिङ जिल्लालाई बिषादीरहित तरकारी उत्पादन गर्ने जिल्लाको रुपमा बिकास गर्न सकिने सम्भावना रहेको डल्लाकोटीको भनाई छ । तरकारी संगै धादिङ जिल्लामा व्यवासायिक रुपमा कुखुरा,माछा वाख्रा तथा पशुजन्य उत्पादनका क्षेत्रमा पनि किसानहरुको सहभागिता बढ्दै जान थालेको छ ।