धादिङ जिल्लाको आशा लाग्दो पर्यटन गन्तव्य रुविभ्याली
1710 पटक पढिएको
आकर्षक पदमार्ग पर्यटन गन्तव्यको रुपमा रहेको रुवी क्षेत्र धादिङ जिल्लाको आशा लाग्दो पर्यटन गन्तव्यको रुपमा विकाश गर्न सकिने क्षेत्र हो । उत्तरी धादिङको पर्याप्त पर्यटकीय सम्भाव्यता बोकेको गणेश हिमाल क्षेत्र रुवी भ्यालीको प्रमुख आकर्षणको विन्दु भनेको गणेश हिमश्रंखलाको दृश्यावलोकन नै हो । यो हिमाल मौसम सफा हुँदा काठमाण्डौबाट समेत हेर्न सकिन्छ ।
मनास्लु र लाङटाङ हिमालको विचमा अवस्थित गणेश हिमालको लोभलाग्दो अनुहार नजिकबाट नियाल्नको लागि सबैभन्दा उत्तम विकल्प पदयात्रा नै हो । पदयात्राको लागि टान र गणेश हिमाल पर्यटन विकाश समितिको पहलमा युएनडिपिको सामर्थसंग सहकार्य गरि भौतिक संरचना, पदमार्गहरु निर्माण गरिएको भएपनि यसलाई अझै स्तरोन्नति गर्नुपर्ने आवश्यकता छ ।
अझ सामर्थ परियोजना अन्तर्गत बनाईएको भौतिक संरचना, पदमार्गहरु र उत्तरी धादिङको ऐतिहासिक मौलिक संस्कृति बोकेको गाउँबस्तिहरुलाई हालैको भुकम्पले गम्भिर क्षति पु¥याएकोले तत्काल त्यसलाई पर्यटनमैत्रि स्वरुपमा पुनःनिर्माण गर्नुपर्ने आवश्यकता थपिएको छ ।
छोटो दुरी ३ देखि लामो दुरी २१ दिनसम्म पदयात्राको सम्भावना बोकेको रुवी भ्याली क्षेत्रमा हिन्दुङदेखी कालो दह र सेतो दह सम्म पुग्ने पदमार्ग निर्माणलाई पुर्णता दिँदै कालो दह सेतो दह देखि गणेश हिमाल बेस क्याम्प सम्म पदमार्ग निर्माण गर्न आवश्यक छ ।
त्यसै गरि सेर्तुङदेखि सिङलासम्मको पदमार्ग निर्माण, लापा ठुलो गाउँदेखि मानेपासम्म पदमार्ग, खादिङ गणेशकुण्ड हुँदै सेतो कालो दह र सेर्तुङ तातोपानि सम्मपनि पदमार्ग निर्माण गर्न आवश्यक छ ।
तिप्लिङदेखि सिंलासम्म पुग्ने पदमार्ग र चालिसेदेखि तिरगाउँसम्म पुग्ने पदमार्ग मर्मत गर्नु जरुरि छ । झार्लाङको तातोपानी व्यवस्थापन तथा पदमार्ग निर्माणको पुर्णता, भ्यु पोईन्ट निमार्मण गरि हिमालय, पहाड, गाउँबेशी, छहरा र तालतलैयाहरु अवलोकन गर्न सक्ने पुर्वाधार बनाउन सकिएमा यो क्षेत्रको पर्यटनले विशेष आकर्षक गन्तव्यको रुप लिन सक्ने प्रचुर सम्भावना बोकेको छ ।
त्यस्तै दोबे्रडाँडा र सिंङलामा पनि भ्यू टावर निर्माण गरि पर्यटकहरुलाई प्राकृतिक दृश्यावलोकनको आनन्द लिन सकिन्छ ।
धादिङ जिल्लामा हालसम्मको रेकर्ड अनुशार १० वटा आदिवासी जनजातिहरु रहेका छन् । पर्यटकहरु रुवीभ्याली क्षेत्रमा संस्कृति र परम्पराहरुलाई संरक्षण, सम्बद्र्धन, र प्रबन्र्धन गर्नु आवश्यक छ ।
लापा ठुलो गाउँमा आदिवासी जनजाती संग्राहालय निर्माण, चालिसे सेर्तुङमा गुरुङ संग्राहलय निर्माण, सेर्तुङ ठुलो गाउँमा तामाङ संग्राहालय, झार्लाङमा मेन्दोमायाँ संग्राहालय निर्माण, खादिङ गाउँमा गुरुङ गुम्बा निर्माण, रिचेत गाउँमा रोधि घर निर्माण, तिप्लिङ, सेर्तुङ र झार्लाङका ऐतिहासीक गुम्बा मर्मत तथा जिर्णोद्धार पर्यटन पुर्वाधार निर्माणका लागि गर्नै पर्ने कामको प्रथमिकतामा पर्दछन् ।
प्रकृतिक र सांस्कृतिक रुपले सम्पन्न रुवीभ्याली क्षेत्रमा वाह्य पर्यटक मात्र होईन आन्तरिक पर्यटक प्रवद्र्धन गर्न सकिने गरि प्रशस्त सम्भावना रहेको छ । त्यसैगरी रुविभ्याली क्षेत्रसंग जोडिएका धादिङका अन्य पर्यटकिय सम्भावना बोकेको क्षेत्रहरुको पनि आवश्यक प्रवद्र्धन र विकाश गर्नु आवश्यक छ ।
गंगाजमुना, सिद्ध गुफा, चमेरो गुफा, चालिसेको देविथान मन्दिर र कतिपय पहिचान हुन बाँकी स्थलहरुको सम्वद्र्धन गर्नु आवश्यक छ । यस्ता धार्मिक तथा पर्यटकिय स्थलको भ्रमण गर्दा तिर्थालु तथा पर्यटकहरुलाई वस्नको लागि पाटीपौवा, धर्मशाला र भरियाघरको निर्माण गर्नुपर्ने आवश्यक छ ।
ज्यमरुङ दरवारको संरक्षण, गणेशकुण्ड धर्मशाला निर्माण, तातोपानि सेरर्तुृङ पाटीपौवा निर्माण, सेतोदह कालोदह पाटीपौवा निर्माण जस्ता निर्माण कार्यलाई सम्पन्न गर्न सकियो भने यो क्षेत्र नेपालको एउटा नमुना पदमार्ग क्षेत्र बन्न सक्छ । त्यसैगरी गणेश हिमाललाई आरोहणको लागि प्रवद्र्धन गर्न नसके यसलाई धार्मिक रुपमा प्रवद्र्धन गरी होली हिमालको रुपमा विकास गर्न सक्नु पर्दछ ।
गणेश हिमाल आरोहणको प्राविधिक कठिनाईलाई समाधन गर्न नसकिए यसको आरोहण बन्द गरेर शिवपुत्र गणेशको नाममा यो हिमालको नामांकन भएकाले यसलाई पवित्र हिमालको रुपमा प्रचारप्रसार गरि तिब्बतको कैलाशजस्तै भारतिय तथा हिन्दुहरुको धार्मिक आकर्षण थलोको रुपमा विकाश गर्न सक्नुपर्दछ ।
तातोपानी, नेत्रताल, सेतोदह, कालो दह र गणेशकुण्डको उचित ब्यवस्थापन तथा प्रचारप्रशार गर्नु आवश्यक छ । धादिङ सेर्तुङको तातो पनि म्याग्दी, रसुवा र खासाको तातोपानि भन्दा पनि सफा र तातो छ । यातायात, पदमार्ग र प्रचाप्रसारकै कमिले यो महत्वपुर्ण आन्तरिक तथा वाह्य पर्यटन तान्ने स्थल ओझेलमा परेको छ ।
होली हिमाल गणेशको फेद र सेतो कालो दहको आडैमा अवस्थित सेर्तुङ तातोपानिलाई तत्काल व्यवस्थित गरि सहज पदमार्ग निर्माण गरि प्रचारप्रसार गर्न आवश्यक छ । सांकोषको जुम्रे डाँडाबाट रमणिय दृश्य कैद गर्दै ज्यमरुङ दरवारको अवलोकन गरी नेत्र तालको डुंगामा सरर सयर गर्दै त्यहीँबाट पायक पर्ने गंगाजमुनाको दर्शन गरेर सेर्तुङको तातोपानि पुग्दा जो कोही पनि अवश्यक रोमान्चित हुनेछन् ।
गुरुङको रोधी, तामाङहरुको मेन्दोमायाँमा लट्ठ हुँदै पाङ्साङ्बाट एकचोटी फेरी हिमश्रृंखला हेर्दै फर्कने पर्यटकले फेरी छिट्टै भेट्ने बाचा गर्नेछ ।
रुवीभ्याली टे«किङ एजेन्ट एशोशियसन नेपाल टानको नयाँ प्रवद्र्धित पदमार्ग भएकाले केन्द्रित रुपमा गरिने प्रवद्र्धनसँगै जिल्ला स्तरबाट पनि यसको आकर्षण बढाउन र व्यवस्थापन तथा पुर्वाधारमा विशेष ध्यान दिन सके रुवीभ्याली र यसको रुटको रुपमा धादिङका उत्तरी क्षेत्रसंग जोडिने गाविसहरुमा पनि नेपालकै आकर्षक पर्यटन गन्तव्यको रुपमा रहेको रुवीभ्याली क्षेत्र अर्थात् धादिङका विकट भनिने रमणीय उत्तरी क्षेत्रका गाविसहरुका सांस्कृतिक, ऐतिहासिक धरोहरहरुको संरक्षण गर्दै पर्यटनमैत्री व्यवहार र योजनामा जोड दिनु समृद्ध धादिङको परिकल्पना साकार पार्ने महत्वपुर्ण कडिको रुपमा सबैले अवलम्बन गर्नुपर्ने देखिन्छ ।
होम स्टे, फार्म ट्रिप जस्ता पर्यटन प्याकेजहरुलाई व्यवसायिकरण गर्न सकिने सम्भावना देखिन्छ । तसर्थ नेपालकै आकर्षक पर्यटन गन्तव्यका रुपमा रहेको रुवीभ्याली क्षेत्र अर्थात धादिङका विकट भनिने रमणीय उत्तरी क्षेत्रका गाविसहरुका सांस्कृतिक, ऐतिहासिक धरोहरको संरक्षण गर्दै पर्यटनमैत्रि व्यवहार र योजनाहरुमा जोड दिनु समृद्ध धादिङको परिकल्पना साकार पार्ने महत्वपुर्ण कडिको रुपमा सबैले अवलम्बन गर्नुपर्ने देखिन्छ ।
साभार: धादिङ विचरण