टोलटोलमा गएर बालवालीकाहरुलाई स्वास्थ्य सम्वन्धी जनचेतना

546 पटक पढिएको

प्रकाशित मिति: २०७०, १० श्रावण बिहीबार ११:५९

सम्पादक: Dhadingnews.com

 

 

धादिङ/हरेक वर्ष वर्षाको समयमा धेरै बालवालीकाहरु फोहर पनी र खानेकुराका कारण विरामी पर्न थाले पछी धादिङको विकट बस्ती तिप्लीङ्गका स्थानीय समाज सेवीहरुले यस पटकबाट भने टोलटोलमा गएर बालवालीकाहरुलाई स्वास्थ्य सम्वन्धी जनचेतना दिन थालेका छन् ।

बालवालीकाहरु र अन्य मानिसहरु विरामी हुदा समेत उपचारको लागी टाढा जानु पर्ने भएका कारण विरामी हुनुबाट नै बचाउनु सवै भन्दा ठुलो विधि हो भन्दै उनिहरु घरघर र टोलटोलमा गयर बालवालीकाहरुमा चेतना दिन थालेका हुन् । गाँउमा बालवालीकाहरु परिवर्तनका संवाहक भएको र उनिहरुलाई परिवर्तन गर्न सके घरघरमा गयर आमा र वुबाहरुलाई समेत सम्झाउन सक्ने भन्दै यसलाई अभियानकै रुपमा लियर हिडेको उनिहरुको भनाई छ । विषेस गरी तामाङ्ग र दलित समुदायको बसोवास रहेको क्षेत्रमा अलि फोहर मैला हुने र चिसो ठाँउनै भए पनी फोहरका कारण मानिसहरुमा हैजा , झाडा पखाला , ज्वरो र आँउ जस्ता समस्याले सताई रहने भएका कारण गाँउमा यस्तो चेतना मुलक शिक्षा दिन थालेको हो । उनिहरुले निसुल्क रुपमा गाँउमा दिने यस प्रकारको चेतनाका कारण गाँउमा परिर्वतन हुने पनी विश्वास लियका छन् । गाँउमा अलि जान्ने वुझ्नेहरु पालै पालो बालवालीकाहरुलाई जम्मा गरेर स्वास्थ्य सम्वन्धी कुराहरु सम्झाउने गर्दछन् ।

सचेतकहरुले अहिले भने बालवालीकाहरुलाई गाँउ घरमा जतापायो त्यतै फोहर नगर्नु बासी सडेगलेका खानेकुराहरु नखानु गर्मि भएका कारण रोग लाग्न सक्छ घरमा गयर आमा वुबालाई पनी सम्झाउनु पर्ने कुराको विषयमा सिकाउनुका साथै पानीको मुहान ओरपर दिशा पिसाव नगर्नुका लागी सचेत गरायका छन् । समाजको परिवर्तन बालवालिकाहरुबाट गराउनु पर्छ भन्ने मुल सिद्धान्त लिई यस्तोकामको सुरुवात गरेको जनाईएको छ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, १० श्रावण बिहीबार ११:५९ मा प्रकाशित