धादिङ जिल्लामा महिला हिंसाका घटनाहरु हरेक बर्ष बढ्दै

836 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ धादिङ जिल्लामा महिला हिंसाका घटनाहरु हरेक बर्ष बढ्दै गएपनि पिडितलाई न्याय र दोषिमाथि कारवाही भएको तथ्याङक भने थोरै मात्र भएको महिलाअधिकारकर्मीहरुले वताएका छन ।

महिला हिंसा न्युनिकरण तथा पिडितहरुको न्यायमा पहुंच पु¥याउन जिल्लामा विभिन्न सरकारी तथा गैर सरकारी निकाय सक्रिय रहंदै आएको भएपनि आर्थिक बर्ष ०६९÷७० मा मात्र ९५ वटा घरेलु हिसाका घटना प्रहरीमा दर्ता भएकोमा ८७ वटामा मिलापत्र गरिएको छ ।  यसैगरी आर्थिक बर्ष ०६९÷७० मा मात्र महिला हत्या भई कर्तव्य ज्यानमा ३ ,जवरजस्ती करणीमा १०,बहुविवाहमा ३, जवरजस्ती करणी उद्योगमा ५,मानव वेचविखनमा २,वालविवाहमा ४ र अपहरणमा २ वटा घटना धादिङ प्रहरीमा अभिलेख भएको प्रहरीले जनाएको छ ।
जिल्लाको महिला हिंसा तथा विभिन्न घटनाका तथ्याङकहरुको समिक्षा गर्दै यस्ता घटना न्युनिकरण र पिडितलाई न्यायालय सम्म ल्याउन नागरिक समाज र संचारकर्मीहरुको भुमिका शशक्त हुनपुर्ने नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक विमला थापाको सुझाव छ । जिल्लामा महिलाको न्यायमा पहुंच र महिला हिसाको अवस्थाका बिषयमा धादिङ जिल्लाका संचारकर्मी र नागरिक समाजका प्रतिनिधीहरुसंग छलफल गर्दै प्रहरी आंफैले सवै घटना न्युनिकरण गर्न नसक्ने भएकाले सबै पक्षले निस्वार्थ भावनाले सहयोग हुनुपर्ने थापाको भनाई थियो ।
नेपाल प्रहरीमा रहेको महिला तथा वालवालिका निर्देशनालय प्रमुख समेत रहेकी थापाले धादिङ जिल्लामा पनि नेपाल प्रहरी भित्र  निकट भविष्यमानै छुट्टै भवन निर्माण गरी महिला तथा वालवालिका सेल सञ्चालनमा ल्याउने प्रतिवद्धता व्यक्त गरेकी छिन ।
विभिन्न जिल्लाको भ्रमणमा रहेकी थापा संग राष्ट्रिय महिला आयोगका सदस्य एवम प्रवक्ता मोहना अन्सारीले पनि धादिङका नागरिक समाज र संचारकर्मीहरुसंग कुुराकानी गर्दै महिला हिंसा बिरुद्धका घटनामा राजनैतिक हस्तक्षेप बढ्दै गएको वताईन । अझै पनि धेरै महिलाले कानूनको अनभिज्ञता र आर्थिक अभावका कारण न्यायमा पहुंच पु¥याउन नसकेको अन्सारीको भनाई थियो । कार्यक्रममा धादिङ जिल्लामा महिला हिंसाको अवस्थाका वारेमा महिला मानवअधिकार रक्षकहरुको संजालको तर्फवाट राधिका सापकोटाले तथ्याङक प्रस्तुत गरेकी थिइन ।