स्पेनिश बिशेषज्ञ चिकित्सकवाट धादिङबेसीमा निःशुल्क दन्त शिविर
556 पटक पढिएको
केशव अधिकारी
धादिङ, १७ साउन । अन्र्तराष्ट्रिय दन्त बिशेषज्ञहरुको टोलीले धादिङबेसीमा एक दिने निःशल्क दन्त शिविर सञ्चालन गरी १५ सय जनालाई सेवा प्रदान गरेको छ । स्पेनमा रहेको कार्डिनल हेरेरा बिश्व बिद्यालयबाट आएको चिकित्सक टोलीले विहीवार धादिङबेसीमा आियोजित शिविरमा दांत तथा मुखका रोगीहरुको निःशुल्क उपचार एवम परामर्श सेवा प्रदान गरेको हो ।
जागरण अभियान नेपाल संगको सहकार्यमा देशका विभिन्न स्थानमा निःशुल्क दन्त शिविर संचालन गर्दै आईरहेको हेरेरा बिश्व बिद्यालयका चिकित्सक टोलीले बिहीवार धादिङमा शिविर संचालन गरी उपचार तथा आवश्यक औषधि सेवा र परमर्श दिएका हुन ।
शिविरमा हेरेरा बिश्व बिद्यालयका मेडिकल कोअर्डिनेटर डाक्टर बेलेन मर्क ( द्यभ्ीभ्ल् ःभ्च्ऋप् )को नेत्तृत्वमा रहेको ५ जना बिशेषज्ञ डाक्टर र आठ जना चिकित्सकहरु संलग्न रहेका थिए । स्पेनिश तथा एसियाली चिकित्सक टोलीले आठ सय ८७ जनाको दन्त परिक्षण र सात सय भन्दा बढी वालवालिकालाई दांतको सुरक्षा सम्वन्धी परामर्श दिएको जागरण अभियान नेपालका अध्यक्ष डाक्टर वालमुकुन्द रेग्मीले वताउनुभयो ।
हेरेरा बिश्व बिद्यालयका मेडिकल कोअर्डिनेटर डाक्टर बेलेन मर्कले –नेपालमा आएर विरामीको सेवा गर्न पाउंदा आंफुलाई निकै खुसी लागेको र आगामी बर्षहरुमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन पहल गरिने बताउनुभएको छ ।
काठमाण्डौं महाराजगन्ज स्थित त्रिविवि शिक्षण अस्पतालका प्राध्यापक एवम फार्मेसी विभागका प्रमुख समेत रहनु भएका अभियान नेपालका अध्यक्ष रेग्मीका अनुसार शहरी क्षेत्रको तुलनामा ग्रामीण भेगमा दाँतका विरामीले समयमै उपचार नपाउंदा विभिन्न खाले समस्या भोग्न वाध्य हुने गरेका छन । दक्ष चिकित्सकको अभावले समयमै उपचार पाउन नसकेका विरामीलाई लक्षित गरेर जागरण अभियानले साउन १५ गते काभ्रे जिल्लाको धुसेनी शिवालयमा पनि शिविर संचालन गरि सेवा दिएको अध्यक्ष रेग्मीले वताए ।
धादिङबेसी पछि तनहुंको देवघाट र काटमाण्डौको किर्तिपुर सल्यानस्थानमा पनि यहि टोलीवाट शिविर संचालन हुने वताईएको छ ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७०, १७ श्रावण बिहीबार १४:२७ मा प्रकाशित