चङ्गाको यथार्थ

672 पटक पढिएको

प्रकाशित मिति: २०७०, १८ श्रावण शुक्रबार १७:०७

सम्पादक: Dhadingnews.com

 

 

                                                          हरि खनाल
हावाको मात पिएर                                                          598564_3792162914924_641644000_a
आकाश ढाक्दैछन् चङ्गाहरु
को भन्दा को कम
प्रतिश्पर्धी छन् चङ्गाहरु
फर्रफर्र हावामा
कावा खान्छन् चङ्गाहरु
राता, निला, पहेंला र काला
टकराउँछन् बेलाबखत
सर्सराउँछन् बेलाबखत
मानूँ भाषण गर्दैछन् उन्मादको,
हावाको बैशाखी ओढेर
गौरवान्वित छन् चङ्गाहरु
को माथि को तल ?
आपूm आपैंm नै
आपूmलाई गुलिभर ठान्दै
लिलिपुट ठान्छन् अर्कालाई
उचाइको भ्रम पिएर
जुद्घछन् एक अर्कासँग
बिर्सिएर धरातल
धाक देखाउँछन् चङ्गाहरु
फर्रफर्र हावामा
कावा खान्छन् चङ्गाहरु
श्रेष्ठताको मिथ्या धाक जमाउन
खुलेका छन् चङ्गाहरु
सायद, भ्रमित होलान् चराहरु
चङ्गाहरु आपैंm उडे भन्नेमा
जिल्लिएका होलान् बतासहरु
चङ्गाहरुको सक्षमतामा
के थाहा उनीहरुलाई
चङ्गाहरु कैद छन लट्टाईमा
के थाहा उनीहरुलाई
चङ्गाहरु बाँधिएका छन् धागोमा
स्वसक्षमता नभएका यिनीहरु
धागो छिन्दाको दिशाविहीनता
बिर्सिएरै उड्छन् चङ्गाहरु
फर्रफर्र हावामा
कावा खान्छन् चङ्गाहरु
देखावटी स्वतन्त्रतामामात्र
उडिरहन्छन् फर्रफर्र
कहिले उत्तर कहिले दक्षिण
कहिले पूर्व कहिले पश्चिम
कहिले सौहार्द कहिले चेट
चङ्गाहरु के गर्छन् र आपैंm
लट्टाइ लिनेको आवेगमा उड्छन्
जिन्दगी जमीनमा छोड्छन्
झट्कासँगै बाँच्छन् झट्कासँगै मर्छन्
अस्तित्वका भ्रममात्र हुन् चङ्गाहरु
फर्रफर्र हावामा
कावा खान्छन् चङ्गाहरु
२०६९ मार्ग ६, बुधवार



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, १८ श्रावण शुक्रबार १७:०७ मा प्रकाशित