संरक्षण खोज्दै भानुपार्क

687 पटक पढिएको

सम्पादक: Dhadingnews.com

सरिता श्रेष्ठ
धादिङबेसी । लामो समयदेखि युवा तथा बालबालिकाको क्षेत्रमा काम गर्र्दै आइरहेको युवा सञ्जाल धादिङले धादिङबेसी स्थित भानुपार्क सरसफाई अभियान सञ्चालन गरेको छ ।
समाज परिवर्तन आफूबाट नै सुरु गरौँ भन्ने उद्देश्यका साथ सुरु गरिएको अभियान कार्यक्रममा धादिङका क्रियाशिल युवाहरुको सहभागीता रहेको थियो । अभियान कार्यक्रममा भानुपार्कको पून निमार्ण, फूलहरु गोडमेल, बाटोघाटो निमार्ण तथा सरसफाई गरिएको छ । अभियानमा हातेमाले गर्न युवा संञ्जाल धादिङ, बाल सञ्जाल धादिङ र सबुज गण व्यारेक धादिङ गरी ४० जना भन्दा बढीको सहभागीता रहेको थियो ।
जिल्ला प्रशासन कार्यलय र जिल्ला विकास समिति धादिङको बीचमा अवस्थित पार्क धादिङकै नमुनाको रुपमा परिचित गर्न अभियान सञ्चालन गरिएको हो । यूवा सञ्जाल धादिङका अध्यक्ष पार्वती श्रेष्ठले भनिन्– ‘धादिङको चिनारी दिन र धादिङमा घुम्न आउनेका लागि उपयुक्त स्थलको रुपमा परिचित बनाउन पार्क सरसफाई अभियान सुरु गरिएको हो ।’
भानु प्रतिष्ठान धादिङको संरक्षणमा युवा सञ्जाल धादिङले व्यवस्थापन गरी यस अघि पार्कको बाटो निमार्ण तथा छहारी घर निमार्ण गरेको छ । पार्कलाई पर्यटकीय स्थलको रुपमा स्थापित गराउन अभियानले सहयोग पुग्ने भानु प्रतिष्ठान धादिङका अध्यक्ष नवीन बन्धु पहाडीले बताए । भाबी दिनहरुमा थप छहारी घरहरुको निमार्ण तथा व्यवस्थापन गर्ने तयारी भइरहेको पनि उनले जानकारी दिए । ४ रोपनी जग्गा रहेको भानु पार्कमा भानु बाल अध्ययन केन्द्रको स्थापना समेत गरिसकेकोे छ ।

धादिङवेसीमा रहेको साहारा महिला बचत तथा ऋण सहकार संस्था लिमिटेडले आज आफ्नो चौधौं स्थापना दिवस मनाएको छ । संस्थाको कार्यालयमा भएको स्थापना दिवसका अवसरमा संस्थाले अहिलेसम्म गर्दै आएको कार्यहरुका विषयमा छलफल गरिएको थियो । संस्थाका अध्यक्ष पार्वती खाँण चाम्लीङ राईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाका संस्थापक र वर्तमान सदस्यहरुको सहभागिता रहेको थियो । २०५४ साल श्रावण ९ गते स्थापना भएको साहारा महिला बचत तथा ऋण सहकारी संस्थाले शुरुमा ३९ जना सदस्यबाट सेवा शुरु गरेको थियो । आर्थिक बर्ष २०६९÷०७० सम्ममा संस्थाको जम्मा शेयर पुजी ४६ लाख ६३ हजार १ सय रुपैँया रहेको छ भने जम्मा आम्दानी ५२ लाख ९२ हजार ५ सय ३१ रुपैँया रहेको  छ । त्यसैगरी संस्थाले ३ करोड ८९ लाख ३२ हजार ७ सय ९० रुपैँया ऋण लगानी गरेको छ भने ४५ लाख ९७ हजार ७१ रुपैँया संस्थाको खर्च रहेको कार्यक्रममा बताइएको छ । १ हजार ७ सय १४ जना शेयर सदस्य तथा ४ सय ८७ बाल बचत रहेका सहकारी संस्थाले ६ लाख ९५ हजार ४ सय ६० नाफा आर्जन गरेको कार्यक्रममा बताइएको छ । संस्थाले आफ्ना शेयर सदस्यहरुलाई नेतृत्व विकास, उद्यमशिलता तालिम, लेखा सम्बन्धी तालिम लगायतका तालिमहरु सञ्चालन गर्दै आएको छ । स्थापना दिवस कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष पार्वती खांड चाम्लीङ राईले सहकारी संस्थाले कृषि, व्यापार, व्यवसाय, शैक्षिक क्षेत्र, बैदेशिक रोजगारी लागयतका क्षेत्रमा लगानी गर्दै आएको जानकारी गराउनुभयो ।