जापानमा रहेका धदिङ्गेहरु संगठित

727 पटक पढिएको

सम्पादक: Dhadingnews.com

टोकियो/ धादिङ्गेहरु पनि संगठित भएका छन् ।उक्त भेलाले ३ जना सदस्यपछि मनोनित गर्ने गरि १ जना संरक्षक सहित १५ जनाको कार्य समिति निर्बिरोध चयन गरेको छ । टोकियोको थाकादानोबाबास्थित यात्रा रेस्टुरेन्टको सभा कक्षमा आईतबार बसेको एक भेलाले तेज अर्याल (मैदी )को अध्यक्षतामा  एक  कार्य समिति चयन गरेको हो ।  जसमा उपाध्यक्षमा अनुज थापा (त्रिपुरेश्वर ), महासचिबमा राजेन्द्र श्रेष्ठ (मैदी ),सचिबमा राजन रिजाल (गजुरी ), कोषाध्यक्षमा भगवती उप्रेती (निलकन्ठ ) रहनुभएको छ भने सदस्यहरुमा श्रीकृष्ण अर्याल (बैरेनी ) ,बाबुकाजी भण्डारी (आगिन्चोक ) ,कृष्ण खनाल (कटुन्जे ) , श्रीधर सुबेदी (थाक्रे ), शिब कुमार रानाभाट (नौबिसे ), हरि राना मगर (आगिन्चोक ), बिष्णु कुमार श्रेष्ठ (सुनौला बजार), राज कुमार श्रेष्ठ (मैदी) रहनुभएको छ । संरक्षकमा डी पी अर्याल चयन हुनु भएको छ ।

 

1080838_10151509424880404_1591387322_n
अध्यन-अनुसन्धान,व्यापार लगायत विभिन्न शिलशिलामा धादिंग जिल्लाबाट जापानमा आउनु भएका धदिङ्गे बीच आपसी भाइचारा बृदी गर्ने ,भैपरी आउने समस्या हरुलाई एकजुट भै समाधान गर्ने र धादिंग जिल्ला लगायत नेपालको बृहत्तर बिकाशमा टेवा पुर्याउने उदेस्यले भेला सम्पन्न भएको थियो । सर्बसम्मतले संस्थाको नाम “धदिङ्ग समाज जापान” राख्ने निर्णय गरेको कुरा संस्थाका महासचिब राजेन्द्र श्रेष्ठले जानकारी गराउनु भयो ।

उक्त भेलाले आबश्यकता अनुसार कार्यसमितिको बैठक बसी सल्लाहकार नियुक्त गर्न सक्ने निर्णय गरेको कुरा संस्थाका महासचिब श्रेष्ठले जानकारी गराउनु भयो । संस्थाको तर्फबाट अध्यक्ष तेज अर्यालले जापानको विभिन्न स्थानमा रहनु भएका धदिङ्गेहरुलाई यथासिघ्र चाडो “धादिंग समाज जापान” नामक फेसबुक मार्फत सम्पर्क गरि संस्थामा आबद्ध हुन र सदस्यता लिन आग्रह गर्नु भएको छ ।  यसो गर्नाले संस्थामा आबद्ध मात्र हुने नभई विपतको बेला सहयोग गर्न समेत सजिलो हुने कुरा बताउनु भयो । आफ्नो मन्तब्य राख्ने क्रममा संस्थाका संरक्षक डी पी अर्यालले अब परिबर्तन र विकासको निम्ति अरुको मुख ताक्ने बानी छाडेर सबैले आफुले सक्ने काम आफैले सुरु गर्नुपर्ने र त्यसैको फल स्वरुप यो संस्था जन्मिएको बताउनु भयो । अब छिट्टै नयाँ कार्यसमितिको बैठक बसी बांकी पदपूर्ति गर्ने , भाबी कार्ययोजनाहरु बनाउने र जिल्लामा गर्नुपर्ने अत्यावश्यक कार्यहरुको सुची तयार गर्दै त्यसको समाधान तर्फ पहल गर्दै जाने निर्णय गर्दै भेला टुंगिएको थियो ।