यसरी लामो समय चल्छ ल्यापटप

752 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौ। ल्यापटप, काखमा राखेर चलाउन सकिने सानो आकारको कम्प्युटर यसलाई काखे कम्प्युटर पनि भन्ने गरेको पाइन्छ। कामकाजी व्यक्तिका लागि अति नै आवश्यक साधन हो यो। साना आकारका कम्प्युटर उपकरण जति नै सुविधा सहित आएपनि ल्यापटपको विकल्पका रुपमा भने स्थापित हुन सकेका छैनन्। त्यसैले पनि यो साधन महत्वको छ। नेपालका सन्दर्भमा त लोडसेडिङका कारण डेक्सटप भन्दा पनि ल्यापटप निर्बिकल्प कम्प्युटर हो। बोकेर यताउता लैजान पनि सकिने र केही समय सम्म बिजुली उपलब्ध नभए पनि काम गर्ने भएकाले पनि यो उपयुक्त साधन हो।

सामान्य पनि यो उपकरण खरिद गर्नका लागि ३५ हजार हाराहारी खर्च गर्नुपर्छ। जसले यो उपकरण सकेसम्म धेरै समय चलोस् भन्ने कामना सबैको हुन्छ। ल्यापटपलाई लामो समय सम्म राम्रो अवस्थामा चल्ने बनाउनका लागि केही कुरामा ध्यान पनि दिनुपर्छ। आफ्नो ल्यापटपको आयु लामो बनाउन चाहनुहुन्छ भने तपाइँले यस्ता कुरामा ध्यान दिनै पर्छ।
Samsung-ATIV-Book-6_Laptops
ब्याट्री ब्याकअप

ल्यापटपको ब्याट्रीले लामो समय सम्म ब्याकअप देओस् भन्ने चाहनुहुन्छ या लोडसेडिङ तथा घर, कार्यालय भन्दा बाहिर रहेको समयमा अलि धेरै समय ल्यापटप चलाउन सकुँ भन्ने लाग्छ भने तपाइँले कम्प्युटरमा चलिरहेका तत्काल आवश्यक नभएका सफ्टवेयर तथा सुविधा बन्द गर्नुपर्छ। ब्लूटूथ, वाइफाइ दुवैमा आधारित काम नगेको अवस्थामा यी दुवैलाई बन्द गरेको खण्डमा यीनले ब्याट्री खपत गर्दैनन्। ल्यापटपको ब्राइटनेस कम राख्ने, प्रयोगमा नभएका पृष्ठभूमिमा चलिरहेका सफ्टवेयर र ब्लूटूथ जस्ता कम्यूनिकेसन सुविधा बन्द गरेको खण्डमा तपाइँको ल्यापटपले लामो समय सम्म ब्याट्री मोडमा काम गर्छ।

तापक्रम

लामो समय सम्म ल्यापटप नबिग्रिइकन चलोस भन्ने चाहना राख्ने हो भने ल्यापटपको तापक्रममा पनि ध्यान दिनुपर्छ। ल्यापटप चार्ज गर्दा कोठा तथा ल्यापटप राखेको स्थानको तापक्रम कतिको छ हेर्नुहोस्। ल्यापटप चिसो, ओशलाग्दो वातावरणमा पनि राख्नुहुँदैन र धेरै तातोमा पनि। ल्यापटप चार्ज गरेको समयमा एडप्टर मात्र होइन ल्यापटपको तल्लो पटि्टको भाग पनि तातिरहेको हुन्छ। यस्तो अवस्थामा ल्यापटप राखेको ठाउँ पनि उस्तै तातो भएको खण्डमा त्यसले ल्यापटपका तारहरुमा नकारात्मक असर पार्छ।

निरन्तर चार्ज

धेरैले ल्यापटप चलाउँदा निरन्तर चार्जमा राखिरहेका हुन्छन्। ल्यापटपमा काम गरिरहँदा पनि चार्जमा जोडिरहयो भने ब्याट्री चार्ज हुने खर्च नहुने साथै काम पनि हुने भन्ने धेरैको धारणा रहेको हुन्छ। तर यसरी लामो समय सम्म चार्जमा जोडिरहँदा ब्याट्री र ल्यापटपको चार्जिङ जोन तात्ने मात्र होइन ब्याट्रीको पावर होल्डिङ क्षमता समेत घट्छ। ल्यापटपको ब्याटि्र क्षमता १५ प्रतिशतमा झरेपछि मात्र ल्यापटपलाई चार्जमा जोड्नुपर्छ। त्यसो त कहिल्यै पनि ब्याट्री शतप्रतिशत चार्ज हुने अवस्था सम्म ल्यापटपलाई चार्जमा जोड्नु हुँदैन। यसो गरेको खण्डमा ब्याट्रीले छिटै काम गर्छ छोड्छ।
samsung-series-5-ultra-touch_Laptops
समयमै फेरौं ब्याट्री

धेरै जसो सन्दर्भमा ल्यापटपको ब्याट्री किनेको दुर्इ वर्षसम्म बिग्रँदैन। तर ब्याट्री खत्तम हुनको लागि दुर्इ वर्ष नै लाग्छ भन्ने चाहिँ होइन। कसैले किनेको ल्यापटपको ब्याट्री वारेन्टीले धान्ने समय सकिनासाथ बिग्रेको पनि धेरै उदाहरण छन्। तर ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भने तपाइँको ब्याट्री बिग्रियो वा त्यसले ब्याकअप दिन छोड्यो भने कम्प्युटरमा त्यसको चिन्ह, सूचना देखिनासाथ सकेसम्म छिटो त्यसलाई परिवर्तन गर्नुपर्छ। लामो समय सम्म बिग्रेको ब्याट्री नै ल्यापटपमा राखेर चलाइरहेको खण्डमा त्यसले ल्यापटपको अरु पार्टसमा पनि खराबी उत्पन्न गर्नसक्छ।

विण्ड प्यानल खुला

ल्यापटप चलाउँदा होस् या चार्जमा राख्दा तपाइँले ल्यापटपको तल्लो भागमा रहेको विण्ड प्यानलमा अवरोध रहे नरहेकोमा ध्यान दिनुपर्छ। विण्ड प्यानलबाट ल्यापटप भित्र उत्पन्न भएको ताप बाहिर निस्कने भएकाले त्यसको अगाडि कुनै अवरोध हुनुहुँदैन। विण्ड प्यानल सदैव खुला रहनुपर्छ। विण्ड प्यानलमा अवरोध सृजना भएर भित्रको ताप हावाको माध्यम भएर बाहिर निस्कन नपाएको खण्डमा ल्यापटप भित्र तातोपन बढेर भित्रका पार्टहरु तातेर बिग्रने हुन्छन्। कतिपय अवस्थामा ल्यापटप तातेर पड्कने पनि हुन्छ।

(दूरसंचार डट कम बाट)