मैदीमा जनचेतना कार्यक्रम

419 पटक पढिएको

प्रकाशित मिति: २०७०, २ भाद्र आईतवार १५:००

सम्पादक: Dhadingnews.com

मैदी । मैदी गाउँ विकास समिति वडा न. ८ काफलस्वाँरमा शनिबार एक दिने मानव बेचविखन विरुद्ध जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ ।
जगतज्योती सामुदायिक विकास समाज जेड्स नेपाल र युनाईटेड मिसन टु धादिङ क्लष्टरको सहयोगमा सम्पन्न भएको कार्यक्रममा स्थानीय ३५ जना महिलाहरुको सहभागीता रहेको थियो । शिवशक्ति महिला समुहकी अध्यक्ष सावित्रा पुरीको अध्यक्षता रहेको कार्यक्रममा मानव बेचविखन अवस्था, समाधानको उपायहरुको बारेमा छलफल भएको थियो ।
पछिल्लो समय विभिन्न बहाना बनाएर मानव बेचविखन भैरहेको भन्दै त्यसको न्युनीकरणको लागी यस्तो प्रकारको कार्यक्रम सञ्चालन गरिएको समूहकी अध्यक्ष पूरीले बताउनुभयो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, २ भाद्र आईतवार १५:०० मा प्रकाशित