प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि देशैभरीका पालिकामा कर्मचारी माग १२ कक्षा उत्तिर्णले दिन सक्नेछन आवेदन

73 पटक पढिएको

प्रकाशित मिति: २०७९, २५ असार शनिबार १५:२७

सम्पादक: धादिङ न्यूज

 

 

 

 

 

काठमाडौं– प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत देशैभरीका पालिकामा रहेर काम गर्ने गर्ने गरी करार सेवामा कर्मचारी भर्नाका लागि सरकारले दरखास्त आह्वान गरेको छ।

संघीय सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहत रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमले ७५३ वटै पालिका (स्थानीय तह)मा रोजगार सहायक पदमा करार पदपूर्ति गर्न शनिबार सूचना जारी गरेर बिज्ञापनको जानकारी गराएको हो।

प्रत्येक गाउँपालिका तथा नगरपालिकामा १र१ जना रोजगार सहायक भर्ना गरिने जनाइएको छ। रोजगार सहायकले स्थानीय सेवाको सहायक पाँचौं तह सरहको सेवासुविधा पाउनेछन्।

कम्तीमा प्रविणता प्रमाणपत्र तह ९१२ कक्षा० उत्तीर्ण गरेका र १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेका नेपाली नागरिकले रोजगार सहायक पदमा आवेदन दिनसक्ने जनाइएको छ।

 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७९, २५ असार शनिबार १५:२७ मा प्रकाशित