मुटु रोग शिविर सम्बन्धी अत्यन्त जरुरी सूचना

527 पटक पढिएको

प्रकाशित मिति: २०७०, ६ भाद्र बिहीबार १५:०३

सम्पादक: Dhadingnews.com

 

 

 नेपाल हृदय रोग निवारण प्रतिष्ठान जिल्ला शाखा धादिङको आयोजनामा मुटु रोग विशेषज्ञ डा.भरत राउत सहितको टोलीद्वारा एक दिने नि.शूल्क मुटु रोगको जाँच (शिविर) यही २०७० भाद्र ८ गते बिहान ७ ः०० बजेबाट जिल्ला अस्पताल धादिङमा हुनेभएको हुँदा मुटु रोग समस्या भएका सम्पूर्ण महानुभावहरुलाई मौकाको फाईदा उठाउनुहुन अनुरोध गरिन्छ । साथै सोही दिन दिउसो १ः०० बजे देखि मुटु रोगको पहिचान, रोकथाम तथा मुटु रोगीको आहार व्यवहार बारे अन्तरक्रिया कार्यक्रम स्रोत परिचालन बचत तथा ऋण सहकारी संस्थाको सभा हलमा हुने भएकाले सहभागिताका लागि हार्दिक आमन्त्रण गरिन्छ । पूनश्चः शिविरमा १०० जना भन्दा बढी बिरामीको उपचार गरिनेछैन बिरामीको नाम दर्ता फोन मार्फत गराउन सकिने छ । हर्ट फाउण्डेशन, धादिङ सम्पर्क नं. ९८५११२५४२२



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, ६ भाद्र बिहीबार १५:०३ मा प्रकाशित