भाषा शिक्षकहरुको लागि क्षमता अभिबृद्धि कार्यशाला

704 पटक पढिएको

सम्पादक: Dhadingnews.com

यादव लामिछाने
धादिङ / कक्षा १ का नेपाली भाषा शिक्षकहरुको लागि संचालित ३ दिने पुर्नताजगी तालीम शनिबार सम्पन्न भएको छ । 
बालबालिकाहरुको पठन तथा लेखन सीप विकास गर्न शिक्षकहरुको क्षमता अभिबृद्धि हुनु पर्ने भएकाले जिल्लाका २० वटा बिद्यालयका कक्षा १ मा शिक्षण गर्ने शिक्षकहरुको लागि संचालित तालीममा भाषाशैली,सिकाइृका चरणहरु,शिक्षण विधिी,सामाग्रीको प्रयोग,कक्षा कोठामा नेपाली भाषा शिक्षण गर्दाका अवसर तथा चुनौतिहरु,पठन वेग,बोध,शब्द भण्डार वर्ण,मात्राको चिनारी लगायतका बिषयमा रुम टु रिडका कार्यक्रम व्यवस्थापक नेत्र दाहाल,कार्यक्रम अधिकृत मिलन पौडेल,प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नु भएको थियो ।
स्थानीय गैर सरकारी संस्था प्रयास नेपालले रुम टु रिडको सहयोगमा संचालित पढाई लेखाई निर्देशन कार्यक्रम अन्र्तगत भएको तालीममा बालबालिकाहरुको नेपाली भाषा सिकाईमा सहभागिता वढाउन,बालबालिकाहरुको नेपाली भाषा सिकाईको गुणस्तर बृद्धी गर्न ,बालबालिकाहरुको रुची र उच्चतम हितलाई ख्याल गर्दै सिकाईलाई बाल केन्द्रित बनाउन ,पाठ्यक्रम र बाल रुचिको आधारमा सिकाईलाई अर्थपूर्ण र जिवनोपयोगी वनाउन ,स्वतन्त्र र स्वस्फुर्त रुपमा अध्यायन गर्न सक्ने बनाउन पाठलाई सरल रुपमा बुझेर पढ्न सक्ने बनाउन २० वटा बिद्यालयमा सहयोग प्रयास नेपाल धादिङ कार्यकारी निर्देशक दामोदर अर्यालले सो अवसरमा बताउनु भयो ।
बिहिबार देखि शनिबार सम्म संचालित तालीममा २० जना शिक्षक सहित २७ जनाको सहभागीता रहेको र सहभागीहरुले तालीमबाट शिक्षण सम्बीनध थप ज्ञान सीप बृद्धि भएको र यसलाई कक्षा शिक्षणमा लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको प्रयास नेपाल धादिङका पढाई लेखाई निर्देशन सहजकर्ता भगवती श्रेष्ठले जानकारी दिनु भयो ।