राष्ट्रिय विद्यालय ह्याण्डबल हुने

650 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाण्डौ / “दक्षिण एशियाली यू–१५ह्याण्डबल प्रतियोगिता”को तयारीका लागि “राष्ट्रिय विद्यालय यू–१५ छात्र÷छात्रा
ह्याण्डबल प्रतियोगि”ता काठमाण्डौमा हुने भएको छ ।
नेपाल विद्यालय ह्याण्डबल संघको आयोजनामा मिति २०७० अशोज २ देखि ५ गते सम्म आयोजना हुने प्रतियोगितामा ५ विकास क्षेत्र र मध्यमाञ्चलको थप २ टोली गरि ७ टोलीको सहभागिता रहने विद्यालय ह्याण्डबल संघका महासचिव एवं प्रशिक्षक विराटमान बज्राचार्यले जनाएका छन् ।
७ लाख ५५ हजार लागत रहेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई मेडल, प्रमाण पत्र र शिल्ड प्रदान गरिने आयोजकले जनाएका छन् ।
त्यही सिलसिलमा भाद्र २२ देखि २५ गते सम्म काठमाण्डौमा मध्यमाञ्चल क्षेत्रीय छात्र÷छात्रा ह्याण्डबल प्रतियोगिता हुने भएको छ । करिव ३ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा छात्र र छात्रा गरि ४० विद्यालयको सहभागिता रहने समेत आयोजकले जनाएका छन् ।
यस्तै छात्र र छात्रा गरि करिब ३० टोलीको सहभागिता रहने पश्चिमाञ्चल क्षेत्रीय छात्र÷छात्रा ह्याण्डबल प्रतियोगिता पोखरामा र पूर्वाञ्चल क्षेत्रीय प्रतियोगिता ह्याण्डबलको उर्बर भुमी भनेर चिनिने उदयपुरमा आयोजना हुने समेत विज्ञप्तीमा जनाईएको छ । पश्चिमाञ्चल र पूर्वाञ्चलमा हुने प्रतियोगिताको मिति तय भई
नसकेको समेत आयोजकले जनाएका छन् ।