बिद्यालय निरिक्षक तथा श्रोत व्यक्तिहरुका लागि सामाजिक परिक्षण प्रशिक्षण

1131 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरिक्षक तथा श्रोत व्यक्तिहरुका लागि सामाजिक  परिक्षण सम्वन्धी दुई दिने प्रशिक्षक प्रशिक्षण तालिम धादिङबेसीमा सम्पन्न भएको छ । जिल्ला शिक्षा कार्यालय धादिङको आयोजना तथा आसमान नेपाल र सेभ द चिल्ड्रेनको सहयोगमा बिहीवार र शुक्रवार गरी दुई दिन सम्म धादिङबेसीमा संचालन गरिएको तालिममा जिल्ला शिक्षा कार्यालयका बिद्यालय निरिक्षक तथा श्रोत व्यक्तिहरुको सहभागिता रहेको थियो ।

तालिममा ,जिल्ला शिक्षा कार्यालय धादिङका उपसचिव जर्नादन रिजाल,क्षेत्रीय शिक्षा निर्देशनालयका शाखा अधिकृत

सुकदेव नेपाल, लगायतले बिद्यालयमा सामाजिक परिक्षणको आवश्यकता, प्रयोग हुंदाको महत्व र सामाजिक परिक्षण गर्दा अपनाउनुपर्ने तरिका लगायतका बिषयमा सहजिकरण गर्नुभएको थियो ।
तालिमका क्रममा सहभागिहरुलाई नीलकण्ठ गाविसको इजारामा रहेको इजारा निमावि र मुरलीभञ्ज्याङ ससाहमा रहेको ससाह देउराली माविमा स्थलगत अवलोकन गराई ति बिद्यालयको सामाजिक परिक्षणका वारेमा जानकारी गराईएको थियो ।