धादिङ ३मा एमालेबाट भुमि त्रिपाठी,राजेन्द्र पाण्डे र सरस्वती श्रेष्ठको नाम सिफारिश

626 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,१५ भदौ / धादिङ क्षेत्र नम्बर ३ बाट नेकपा एमालेले कस्लाई उम्मेद्वार बनाउला भन्ने जनचासो बढीरहेको बेला एमालेले प्रस्तावित उम्मेद्वारको नाम सार्बजनिक गरेपछी कार्यकर्ता र बिपक्षी दलमा समेत नया बहस र चर्चा सुरु भएको छ । बिगतको चुनावमा तत्कालिन नेकपा माओवादीका सालीकराम जम्कट्टेलले जितेका थिए ।

संविधान सभाको मिति नजिकिदैं जांदा दलहरुले उम्मेदवार छनौट कार्यलाई तिव्रता दिन थालेका छन । यसैक्रममा नेकपा एमालेले धादिङ क्षेत्र नम्बर ३ वाट मंसिर ४ गते हुने भनिएको संविधान सभा निर्वाचनका लागि उम्मेदवारमा तीन जनाको नाम प्रस्ताव गरेको छ ।एमाओबादीले यस पटक पनि जम्कट्टेल लाई उम्मेद्वार बनाउने भएपछी एमालेले पनि आफ्नो उम्मेदवार फेर्ने या पुरानैलाई निरन्तरता दिने भन्ने छलफल चलिरहेको बेला शनिबार ३ जनाको नाम सार्वजनिक गरिएको छ । ३ जनाको नाम आएपनी चुनावमा सर्बसम्मत उम्मेदवार ल्याइने एमालेले जनाएको छ ।

नेकपा एमाले धादिङ ३ नम्बर क्षेत्रीय कमिटीको शनिवार बैरेनीमा सम्पन्न बैठकले पार्टीका जिल्ला उपाध्यक्ष अधिबक्ता भुमि त्रिपाठी,पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे र पुराना सक्रिय कार्यकर्ता सरस्वती श्रेष्ठको नाम सिफारिश गरेको हो ।
अघिल्लो संविधान सभामा एकीकृत नेकपा माओवादीका  शालिकराम जमकट्टेलले यस क्षेत्रवाट नेकपा एमालेका राजेन्द्र पाण्डेलाई पराजित गराएका थिए । एमाओवादीले यस पटक पनि जमकट्टेललाईनै उम्मेदवार वनाउन केन्द्रीय कार्यालयलाई सिफारिश गरिसकेको छ ।
जिल्लाको ३ वटा क्षेत्र मध्ये वांकी दुई  क्षेत्रमा भने एक साता भित्रमा प्रस्तावित उम्मेद्वारको नाम सार्वजनिक गर्ने एमालेले वताएको छ । एमाओवादीले ३ क्षेत्रमा अघिल्लो संविधान सभामा विजयी भएका हरुलाई नै टिकट दिन केन्द्रलाई सिफारिश गरिसकेको छ ।