एमाओवादी र एमालेको २ सय ३० क्षेत्रमा चुनाव जित्ने दाबी

635 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं-१५, भदौ  । नेकपा एमालेले संविधानसभाको दोस्रो निर्वाचनमा मुलुकभरबाट प्रत्यक्षमा १ सय ६ सिट जित्ने सर्वेक्षण सार्वजनिक गरेको झण्डै एक महिनापछि एमाओवादीले प्रत्यक्ष तर्फनै १ सय २४ सिट जित्ने दाबी गरेको छ । भदौ ११ बाट सुरु उक्त दलको केन्द्रिय कमिटि बैठकमा पेस भएको रिपोर्टिङमा त्यस्तोे दाबी गरिएको हो । मुलुकभरका २ सय ४० ओटा निर्वाचन क्षेत्र मध्ये उक्त दलले सेती–महाकाली र भेरी–कर्णलीबाट ९ सिट जित्ने दाबी गरेको छ । उक्त क्षेत्रमा जम्मा २३ सिट रहेका छन् । एमालेले सार्वजनिक गरेको सर्वेक्षण अनुसार उक्त दलले  सुदुरपश्चिममा सबैभन्दा बढी प्रतिस्पर्धा हुने निष्कर्ष निकालेको छ । उक्त क्षेत्रमा एमालेले काङ्ग्रेससँगै प्रतिस्पर्धा हुने बताएको छ । ‘सुदुरपश्चिममा दश स्थानमा विजयी हुने एमालेले दाबी गरेको छ । ती क्षेत्रमा काङ्ग्रेसले नौं स्थानमा विजयी हुने एमालेले निष्कर्ष निकालेको छ । सुदुरपश्चिममा एमाओवादी २ स्थानमा मात्र विजयी हुने एमालेको बुझाई छ ।

त्यस्तै एमाओवादीले थारुवान र मगरात राज्यमा २९ सिट जित्ने दाबी गरेको छ । ती राज्यमा ४३ ओटा क्षेत्र  छन् । एमालेले उक्त क्षेत्रबाट आफुले १८ सिट जित्ने दाबी गरेको छ । एमालेले ती क्षेत्रमा काङ्ग्रेसको पकड बलियो रहेको निष्कर्ष निकालेको छ । ती क्षेत्रमा काङ्ग्रेस २१ र एमाओवादी ४ स्थानमा विजयी हुने एमालेको ठहर छ । एमाओवादीले ३७ सिट रहेको तमुवान र अवध राज्यबाट १७ सिटमा विजयी हुने निष्कर्ष निकालेको छ । एमालेले भने ती क्षेत्र अर्थात मध्यपश्चिमाञ्चलमा १६ स्थानमा विजयी हुने निष्कर्ष निकालेको छ । ‘उक्त क्षेत्रमा काङ्ग्रेस ११ र एमाओवादी ६ स्थानमा विजयी हुने अनुमान एमालेले गरेको छ ।

त्यस्तै एमाओवादीले तामसालिङ र नेवा राज्यमा २७ सिट जित्ने दाबी गरेको छ । ती राज्यमा ४५ ओटा क्षेत्र रहेका छन् । नेवा राज्य ललितपुर, भक्तपुर र काठमाडौंमा एमाओवादीले ७ सिट जित्ने दाबी गरेको छ । १५ ओटा क्षेत्र रहेको यो राज्यमा एमालेले ९ स्थानमा विजयी हुने दाबी गरेको छ । ती क्षेत्रमा ‘काङ्ग्रेसले ४ र नेमकीपाले २ स्थानमा विजयी प्राप्त गर्ने अनुमान एमालेको छ । उक्त राज्यमा एमाओवादीले शुन्य सिट ल्याउने एमालेको ठहर छ । संविधानसभा निर्वाचनका लागि पार्टी परिचालन अभियान–२०७०’ ले गरेको सर्वेक्षण अनुसार एमालेले  मध्यमाञ्चलमा ४८ स्थानमा अघि रहेको निष्कर्ष निकालेको छ । ती मध्ये ३७ स्थानमा विजयी हुने उसको दाबी छ । मध्यमाञ्चलमा काङ्ग्रेस २५ र एमाओवादी १० स्थानमा विजयी हुने एमालेका एक नेताले जानकारी दिए । मध्यमाञ्चल मै रहेको ताम्सालिङ राज्यबाट एमाओवादीले २० सिट जित्ने दाबी गरेको छ । ताम्सालिङ राज्यमा जम्मा ३० सिट छन् ।

९ स्थानमा विजयी हुने दाबी गरेको छ । ती क्षेत्रमा ‘काङ्ग्रेसले ४ र नेमकीपाले २ स्थानमा विजयी प्राप्त गर्ने अनुमान एमालेको छ । एमाओवादीले भोजपुरा र मिथिला राज्यबाट २० सिट जित्ने दाबी गरेको छ । ती राज्यमा ४८ सिट छन् । पूर्वाञ्चलका किरात, कोचिला र लिम्बुवान प्रदेशबाट एमाओवादीले २२ सिटमा जित हाँसिल गर्ने दाबी गरेको छ । ४४ क्षेत्र रहेका ति प्रदेशमा एमालेले २० सिटको हाराहारीमा जित्ने अनुमान गरेको छ । ती क्षेत्रमा उसले काङ्ग्रेससँग प्रतिस्पर्धा हुने अनुमान गरेको छ । एमालेले ती क्षेत्रमा एमाओवादीले ५ सिट जित्ने देखाएको छ ।  जेठ ३ देखि असार ३ सम्म एक महिना गरेको पार्टी परिचालन अभियानबाट एमालेले निकालेको निष्कर्ष अनुसार मधेशवादी दलले भने १८ स्थानमा विजयी प्राप्त गर्ने ठहर गरेको छ ।  एमाओवादी र एमालेले सार्वजनिक गरेको सर्वेक्षण अनुसार ती दुई दलले प्रत्यक्ष तर्फ २ सय ३० स्थानमा विजयी हुने अनुमान गरेका छन् । २ सय ४० प्रत्यक्ष निर्वाचन क्षेत्र रहेकोमा पहिलो दल बन्ने दाबी गरेको काङ्ग्रेसले अझै आफ्नौ सर्वेक्षण सार्वजनिक गरेको छैन । राप्रपा, राप्रपा नेपाल, मधेशवादी दलले पनि आगामी निर्वाचनमा आफ्नो सिट सङ्ख्या बढ्ने अनुमान गरेको छ ।

(डेली न्युज डट कम बाट )