धादिङमा एमालेले छान्यो २ क्षेत्रमा उम्मेदवार , क्षेत्र नम्बर २ वाट अध्यक्ष खेम लोहनी,निवर्तमान जिल्ला अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी र अनेमसंघका अध्यक्ष गंगादेवी श्रेष्ठको नाम सिफारिश

808 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, १७ भदौ / नेकपा एमाले धादिङले जिल्लाको २ वटा क्षेत्रवाट क्षेत्रीय कमिटी मार्फत आगामि संविधान सभाको निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारको नाम सिफारिश गरेको छ । सोमवार धादिङबेसीमा सम्पन्न २ नम्बर क्षेत्रीय कमिटीको बैठकले पार्टीका जिल्ला अध्यक्ष खेम लोहनी,निवर्तमान जिल्ला अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी र अखिल नेपाल महिला संघका जिल्ला अध्यक्ष गंगादेवी श्रेष्ठलाई सिफारिश गरेको हो । लोहनी र बुर्लाकोटी दुवैजना चैनपुर गाविसका वासिन्दा हुनुहुन्छ ।SAM_0302

क्षेत्र नम्बर २ वाट अघिल्लो संविधान सभाको निर्वाचनमा तत्कालिन माओवादीका कल्पना धमला संग पराजित पोलिटव्युरो सदस्य गंगालाल तुलाधरको नाम भने यस पटक सिफारिश गरिएको छैन ।यस अघि शनिवार बसेको नेकपा एमाले ३ नम्बर क्षेत्रीय कमिटीको बैठकले पार्टीका जिल्ला उपाध्यक्ष भुमि त्रिपाठी,पोलिटव्युरो सदस्य राजेन्द्र पाण्डे र पार्टीका पुराना सदस्य सरस्वती श्रेष्ठको नाम प्रत्यक्ष तर्फको उम्मेदवारका लागि सिफारिश गरेको थियो । यस पटक पनि उम्मेदवारमा सिफारिश भएका एमाले पोलिटव्युरो सदस्य पाण्डे २०६४ को संविधान सभा निर्वाचनमा तत्कालिन माओवादीका शालिकराम जमकट्टेल संग पराजित हुनुभएको थियो । क्षेत्र नम्बर १ का लागि प्रस्तावित उम्मेदवारको नाम छनौट हुन वांकी रहेको छ । क्षेत्र नम्बर १ को क्षेत्रीय भेला मंगलवार आयोजना गरिएकोे वताईएको छ । नेकपा एमाले केन्द्रले भुगोलबाटै उम्मेदवारहरु चयन भएर आउनु पर्ने नीति लिएपछि सर्वाधिकार क्षेत्रिय कमिटिमा आएको हो ।