धादिङ काँग्रेसबाट तीनजना पत्रकारलाई उम्मेद्वारमा सिफारिस

1124 पटक पढिएको

सम्पादक: Dhadingnews.com

– केशव अधिकारी /धादिङ न्युज

धादिङ,१९ भदौ । मंसिर ४ मा हुने भनिएको संबिधान सभा निर्वाचनका लागि धादिङबाट नेपाली काङग्रेसको उम्मेद्वार सुचिमा  ३ जना पत्रकारलाई पनि  शिफारिस गरिएको छ । 

     रेडियो नेपालमा कार्यरत नवराज लम्साल र रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमला क्षेत्र नम्बर २ बाट  समानुपातिकमा तथा देवप्रकाश त्रिपाठी क्षेत्र नम्बर ३ बाटप्रत्यक्ष तर्फ  सिफारिसमा परेका हुन् ।

       क्षेत्रिय समितीले प्रत्यक्ष तर्फ उम्मेद्वारका रुपमा जिल्ला लाई शिफारिश गरेपनी सामजिक सन्जाल फेसबूक मार्फत त्रिपाठीले ” नेपाली काँग्रेस धादिडको क्षेत्र नं ३ बाट प्रत्यक्ष तर्फ संभावित उम्मेद्वारका रुपमा मेरो पनि नाम सिफारिश भएको खबर भरखरै सुनें, रमाइलो लाग्यो । क्षेत्रिय समितिका साथीहरु जसले मलाई यसरी सम्मान दिएर संझनु भयो उहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु । तर बर्तमान स्थितिमा उम्मेद्वार बन्ने मेरो ब्यक्तिगत आकांक्षा नरहेकोले सिफारिश फिर्ता लिइ दिनु हुन यसै सूचना मार्फत हार्दिक अनुरोध गर्दछु ।” भन्दै आफु उम्मेद्वार नबन्ने प्रतिकृया दिनु भएको छ ।

दुई नम्बर क्षेत्रीय समितिले पार्टीका जिल्ला सभापती रामनाथ अधिकारीलाई एक नम्बरमा राखेर भिमप्रसाद ढुङगाना, रमेश धमला, शिवराज अधिकारी, नन्दप्रसाद रिजाल, डा राजाराम कार्की, बद्री अर्याल, रामकृष्ण अधिकारी र गेहेन्द्र मल्ललाई प्रत्यक्ष तर्फ सिफारिस गरेको छ ।

क्षेत्र नम्बर २ बाट काँग्रेसको तर्फबाट समानुपातिकमा सिफारिसमा परेकाहरुमा चिजकुमार श्रेष्ठ, गोपाल विक, अम्बिका अधिकारी, उर्मिला थपलिया, ऋषि धमला, नवराज लम्साल, डिपि अर्याल, रामहरी नेपाल र कल्पना अधिकारी छन् ।त्यसैगरी झम्क भट्ट,कृष्णमान शाक्य,शंकर दर्जी,खिल गिरी,भोजवहादुर परियार र सुर्यनारायण ठाकुर रहेका छन ।

तीन नम्बर क्षेत्रीय समितिको बैठकले प्रत्यक्ष तर्फ ९ जना र समानुपातिका लागि एक जना गरी १० जनाको नाम जिल्लामा सिफारिस गरेको छ ।

यो क्षेत्रबाट प्रत्यक्ष तर्फ शिवप्रसाद उप्रेती, माधव पाण्डे, मधु श्रेष्ठ, देविप्रसाद सिलवाल, बुद्धलक्ष्मी लामा, विश्व अर्याल, देवप्रकाश त्रिपाठी, बिदुर अकौलीया र अर्जुन उप्रेतीको नाम सिफारिस भएको छ । समानुपातिमा हरि अधिकारीको मात्र नाम सिफारिसगरेर जिल्लामा पठाइएको नेपाली काँग्रेस तीन नम्बर क्षेत्रीय समितिले जनाएको छ ।

१ नम्बर क्षेत्रीय समितिको बैठकले बुधवार विहानसम्म पनि प्रस्तावित उम्मेदवारहरुको नाम टुङ्गो लगाउन सकेको छैन ।

यस्तै एमालेले धादिङ जिल्लाको तीन वटै निर्वाचन क्षेत्रवाट प्रस्तावित उम्मेद्वारको नाम जिल्लालाई सिफारिस गरेको छ । क्षेत्रिय कमिटी मार्फत सिफारिस गरिएकाहरुमा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ तीन र समानुपातिकमा पाँच जना रहेका छन् । दुई दिनसम्म चलेको क्षेत्रीय कमिटीको बैठकले बुधवार विहान क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फ डा रामुकमार अधिकारी, शम्भु थापा र धनबहादुर घलेलाई सिफारिस गरेको छ । यसैगरी समानुपातिका लागि उमेश थापा, रामहरी अधिकारी, कृष्णबहादुर दाहाल, इन्दिरा ढुङ्गाना र हरि पन्तको नाम सिफारिसभएको नेकपा एमाले धादिङ १ नम्बर क्षेत्रीय कमिटीले जनाएको छ ।

क्षेत्र नम्बर २ मा पार्टीका जिल्ला अध्यक्ष खेमप्रसाद लोहनी, निवर्तमान अध्यक्ष गुरुप्रसाद बुर्लाकोटी र जिल्ला सदस्य गंगादेवी श्रेष्ठको नाम सिफारिसगरिएको छ भने क्षेत्र नम्बर ३ बाट जिल्ला कमिटीका उपाध्यक्ष अधिवक्ता भुमि त्रिपाठी, पोलिटब्युरो सदस्य राजेन्द्र पाण्डे र पार्टी सदस्य सरस्वती श्रेष्ठको नाम प्रत्यक्षका लागि सिफारिस गरिएको छ ।

क्षेत्रीय कमिटीबाट सिफारिस भइ आएका नामहरुलाई एकमुष्ठ केन्द्रीय कमिटीमा पठाइने नेकपा एमाले धादिङले जनाएको छ । क्षेत्र नम्बर २ का गंगालाल तुलाधरको नाम कतै पनि सिफारिशमा परेको छैन क्षेत्र नम्बर ३ का राजेन्द्र पाण्डेको नाम यस पटक पनि प्रत्यक्षतर्फ सिफारिस गरिएको छ ।

यसैगरी एकीकृत नेकपा माओवादीले यसअघि नै २०६४ मा निर्वाचित भएकाहरु क्रमश पुष्पविक्रम मल्ल, कल्पना धमला र शालिकराम जमकट्टेललाई पहिलो नम्बरमा राखेर वैकल्पिक नामसहित केन्द्रमा सिफारिस गरिसकेको छ ।