सांकेतिक भाषाका दोभाषेहरुको लागि आचारसंहिता बन्दै

682 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,/ सांकेतिक भाषामा कार्यरत दोभाषेहरुको धादिङमा सम्पन्न राष्ट्रिय भेलाले दोभाषेहरुको लागि आचारसहिता तयार पारेको छ ।
आचारसंहितामा सांकेतिक भाषाका दोभाषेहरुको सम्मान,निरन्तरता, गोपनियता लगायतका १० वटा बुंदाहरु समेटिएका छन । राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालको आयोजना तथा राष्ट्रिय वहिरा संघ, परिलक्षित नेपाल र अन्र्तराष्ट्रिय सांकेतिक भाषा दोभाषे संघको सहयोगमा धादिङ वहिरा संघ द्धारा धादिङबेसीमा चार दिन सम्म संचालित सांकृतिक भाषा दोभाषेहरुको लागि आचारसंहिता तथा तालिम पाठ्यक्रम निर्माण कार्यशाला गोष्ठिले आचार संहिताको तयार पारेको हो ।
शुत्रवार धादिङबेसीमा कार्यशालाको समापन गर्दै शिक्षा मन्त्रालयका सह प्रवक्ता रोजनाथ पाण्डेले फरक क्षमता भएका व्यक्तिहरुका लागि सरकारले छुट्टै भाषा र शैलिको पाठ्यक्रम तयार पार्नुपर्नेमा वहिरा संघ आंफैले पाठ्यक्रम र आचारसंहिता बनाएर राज्यलाई झकझकाएको वताए । देशका सबै गाविसमा वहिरा तथा सुस्त श्रवण भएका व्यक्तिहरु रहेकाले अवका दिनमा प्रत्येक गाविसमा कम्तिमा एक जना र सरकारी कार्यालयहरुमा पनि एक–एक जना सांकेतिक भाषाका दोभाषेहरुको व्यवस्था गर्न सरकारी तथा गैर सरकारी निकायले पहल गर्न सकेमात्रै बहिराहरुले राज्यको सेवा सुविधा उपभोग गर्न सक्ने पाण्डेको सुझाव छ । सांकेतिक भाषाको पाड्यक्रम र आचार संहिता शिक्षाको अधिकारवाट बञ्चित वहिरा समुदायको लागि उपयोगी बन्ने पाण्डेले वताए ।
अन्र्तराष्ट्रिय सांकेतिक भाषा दोभाषे संघका पुर्व अध्यक्ष भाषा बिशेषज्ञ प्राध्यापक डाक्टर माइक मोर्गन र राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघका परामर्शदाता जेम्स होमाको सहयोगमा सांकेतिक भाषाका दोभाषेहरुको आचारसंहिताको मस्यौदा तयार पारिएको राष्ट्रिय वहिरा महासंघ नेपालका महासचिव केपि अधिकारीले वताए । चार दिन सम्म संचालन भएको कार्यक्रममा देशका ३३ जिल्लामा कार्यरत सांकेतिक भाषा दोभाषेहरुको सहभागिता रहेको थियो । सांकेतिक भाषाका दोभाषेहरुको लागि देशव्यापी रुपमा एउटै आचार संहिता बनाएर कार्यान्यवनमा ल्याउने लक्ष्यका साथ आचारसंसहिताको मस्यौदा तयार पारिएको र यस्लाई केही दिनमा सार्वजनिक गरिने राष्ट्रिय सांकेतिक भाषा दोभाषे संघ नेपालले जनाएको छ ।