अमेरिकी प्रतिनिधि सभाका उम्मेदवारले नेपाली समुदायसंग भेटघाट तिब्र पार्दै

524 पटक पढिएको

सम्पादक: Dhadingnews.com

 

विजय थापा ,

भर्जिनिया ,भाद्र २२ ,अमेरिकाको भर्जिनिया राज्यको तल्लो सदन हाउस अफ डेलिगेट (प्रतिनिधि सभा )को चुनाब हुन् करिब दुई महिना जति बाकी रहेको अवस्थामा वाशिंगटन डिसी महानगर क्षेत्र वरीपरि बसोबास गर्ने नेपाली समुदायसंग उम्मेदवारहरुले भेटघाट तथा अन्तरक्रिया गर्ने काम तिब्र पारेका छन् र सो क्रम जारी छ lDSCN0730

वाशिंगटन डिसी महानगर क्षेत्रमा नेपाली समुदायको जन घनत्व बिज गणतीय रुपमा वृद्धि हुन् थाले पछि उम्मेदवारहरुले नेपाली -अमेरिका समुदायसंग घर दैलो अभियानको सुरुवात व्यापक पार्न थालेका छन l यहि आउदो नोवेम्बर ५ तारिख मा भर्जिनियामा हुन् गै रहेको तल्लो सदन (हाउस अफ डेलिगेट )को निर्वाचनमा भर्जिनिया क्षेत्र ८७ का डेमोक्रेटिक (प्रजातान्त्रिक) दलका उम्मेदवार ‘जन बेल’ले नेपाली समुदाय द्वारा आयोजना गरिएको एक भेटघाट कार्यक्रममा नेपाली समुदायको समर्थन अपरिहार्य हुने हुनाले नेपाली समुदायको सहयोग भएमा आफुले यहाहरुको आवाज व्हाइट हाउस सम्म पुर्याई दिने मन्तब्य राख्नु भएको छ l

वहाले अगाडी भन्नु भयो मेरो प्राथमिकता भनेको शिक्षा ,रोजगारी ,यातायात ,महिलाको स्वास्थ्य तथा बन्दुक सुरक्षा सम्बन्धि रहेको भन्दै वहाका प्रतिद्वन्दी रिपब्लिकन दलका डेविड रमादानले बिगत दुई बर्षमा यी मुद्दाहरुमा विपक्षमा मत खसालेको भन्दै तिखो बाण प्रहार गरेका थिए l

अमेरिकन राष्ट्रपति बाराक ओबामाले अगाडी सारेका महिलाको स्वास्थ्य तथा बन्दुक सुरक्षा सम्बन्धि मुख्य कार्यसूचीहरुलाई पूर्ण समर्थन गर्दै स्थानीय स्तरका समस्याहरु आफ्नो कार्य सुचीमा राखेको भन्दै आफु अमेरिकन सरकारको बायु सेनामा छब्बीस बर्ष काम गरेको भन्दै समुदायको विकासमा होमिने भन्दै दक्षिण एसियाली समुदायको भूमिका अहम रहने भएकोले आफु कुरा सुन्ने र पुर्याउने छु भने l कार्यक्रममा व्हाइट हाउसका भारतीय मूलका प्रथम प्रमुख प्राबिधिक अधिकृत अनिस चोपराले ‘जन बेल’ एक होनहार उम्मेदवार हुन् र वहालाई बिजयी बनाउनु पर्छ भन्दै घर दैलो कार्यक्रममा जान आग्रह गरेका थिए l

lउक्त कार्यक्रमको संयोजन भर्जिनियाको लाउडन काउन्टी प्रजातान्त्रिक समितिका निर्वाचित नेपाली मुलका कोषाधक्ष्य हरि शर्माले गर्नु भएको थियो भने उक्त कार्यक्रममा जन बेललाई खादा ओढाई शुभकामना दिईएको थियो l राइट-वे व्यवस्थापनको तर्फबाट निर्वाचनको लागि आर्थिक सहयोग पनि गरिएको थियो l भर्जिनिया तल्लो सदनमा एक दशक देखि रिपब्लिकन दलको बाहुल्यता रहेको प्रतिनिधि सभामा डेमोक्राटिक दलका उम्मेदवारहरुले निक्कै मेहनत तथा नया कार्यक्रम लिएर प्रस्तुत भएमा बहुमत हुन् सक्ने विश्वास लिइएको छ l