१ सय, ५० र २० रुपैयाँका नयाँ नोट प्रचलनमा

864 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं, २३ भदौ / नेपाल राष्ट्र बैंकले १ सय, ५० र २० रुपैयाँ दरका नयाँ नोट प्रचलनमा ल्याएको छ । १ सय रुपैयाँको नोटमा पहिलेकै आकार प्रकार र रङमा नोटको अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र र मध्यभागमा नेपालको नक्सा छ ।naya-note_20121017092947 अशोक स्तम्भको चित्र साथै ‘लुम्बिनी द बर्थ प्लेस अफ लर्ड बुद्ध’ लेखिएको अशोकस्तम्भ बायाँतर्फ अण्डाकारभित्र सिल्भर मेटालिकमा मायादेवीको चित्र अंकित नोट बजारमा प्रचलनमा आएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।note
उक्त नोटमा दायाँतर्फ लालीगुराँसको पानीछाप र नोटको बोर्डरमा सेरिज नम्बर नेपालीमा वि.सं. ०६९ लेखिएको छ । त्यस्तै पृष्ठभागमा मध्यतिर अंग्रेजीमा नेपाल राष्ट्र बैंक र सन् २०१२ लेखिएको छ भने तल्लोपटी ‘रुपिज वन हन्ड्रेड’ लेखिएको छ । प्रचलनमा आएका सयको नोटमा संकेत नं. उ÷८७०००००१ देखि ए÷७ ९९९९९९ सम्मका नोट बजारमा आएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
त्यस्तै ५० रुपैयाँको नोटमा अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँस र पानीछाप तथा तल्लो भागमा गभर्नर डा. युवराज खतिवडाको दस्तखत साथै नोटको बोर्डरको बीच भागमा नेपाल राष्ट्र बैंकको लोगो मुनि सेरिज नम्बर नेपालीमा ०६९ लेखिएको छ । पहिलेकै आकार प्रकार र रङमा संकेत नं.  घ÷७९ ०००००१ देखि च÷३० ९९९९९९ सम्मका नोट प्रचलनमा ल्याइएका हुन् ।
त्यस्तै २० रुपैयाँको नोटमा पनि अग्रभागमा बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ पानीछाप र तल्लोभागमा गभर्नरको दस्तखतसँगै सेरिज नम्बर नेपालीमा वि.सं. ०६९ लेखिएको छ । संकेत नं.  च÷२२०००००१ देखि ज÷१५ ९९९९९९ सम्मका नोट बजारमा प्रचलनमा आएका छन् ।