शिक्षा दिवसमा धादिङका जिशिअ सहित नौ जना पुरस्कृत

627 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/अन्र्तराष्ट्रिय साक्षरता दिवस एवम राष्ट्रिय शिक्षा दिवस २०७० को अवसर पारेर शिक्षाका क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउने धादिङ जिल्लाका ९जना लाई शिक्षा मन्त्रालयले पुरस्कृत गरेको छ् ।
यसरी  पुरस्कृत हुनेहरुमा शिक्षा मन्त्रालय अन्र्तगत जिल्ला शिक्षा कार्यालय धादिङका जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी,शिक्षकहरुको तर्फवाट रानीपौवा उच्च माविका शिक्षक हरीराम बुर्लाकोटी,वागेश्वरी उच्च मावि रिचोकटारका देवप्रसाद त्रिपाठी,कल्याण निमावि गुम्दीका रामेश्वर सिम्खडा र अचने उच्च माविका रामकृष्ण धरेल रहेका छन ।
त्यसैगरी पिपलभञ्ज्याङ उच्च मावि महादेवस्थानका बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेमराज भुजेल,प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्याल,शंखादेवी मावि खाल्टेका रामवहादुर गुरुङ र धादिङ आवासीय उच्च माविका शिक्षक प्रकाश पौडेललाई पनि शिक्षा मन्त्रालयले पदक तथा प्रशंसा पत्र दिएर सम्मान गर्ने भएको छ ।