निरन्तर बिद्यार्थी मुल्याङ्कन कार्यशाला

697 पटक पढिएको

सम्पादक: Dhadingnews.com

महादेवस्थान/ निरन्तर बिद्यार्थी मुल्याङ्कन सम्बन्धी २ दिने कार्यशाला शनिबार धादिङको महादेवस्थान गाविसको तालीम हलमा सम्पन्न भएको छ । महादेवस्थान गाविसमा रहेका १३ वटा बिद्यालयका कक्षा १ र २ मा अध्यापन गराउने ३० जना शिक्षक तथा शिक्षिका सहित ३६ जनाको सहभागीता रहेको थियो ।
कार्यशालामा निरन्तर बिद्यार्थी मुल्याङ्कनको अवधारणा,शिक्षकले अपनाउनु पर्ने प्रक्रिया,अभिलेख व्यवस्थापनका बिषयमा छलफल भएको थियो । यसै गरी निरन्तर मुल्याङ्कनमा प्रयोग हुने साधानहरु,आई पर्ने समस्या ,चुनौति तथा समाधानका उपायहरुको पहिचान र बिषयगत सिकाई उपलब्धीहरु मापन लागि संभाव्य मुल्याङकनका साधानहरु लयागतका बिषयमा यू.एम.एन.का शिक्षा सल्लाहकार यज्ञराज पन्त,शिक्षा अधिकृत ठाकुर राई,प्रेम सिंतान,प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्याल र सदस्य रेष्टन कडेलले सहजिकरण गर्नु भएको थियो । कार्यशालाले बालबालिकाहरुमा सिकाई उपलब्धी हाँसिल गर्न सजिलो बिधी तथा प्रक्रियाका बारेमा स्पष्ट भएको भूमेस्थान प्राविका काजी मगर र रावलडाँडा निमाविकी शिक्षिका शारदा रावलको भनाई रहेको छ । कार्यक्रम प्रयास नेपाल धादिङले यू.एम.एन.को आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला शिक्षा कार्यालयसँगको समन्वय र बिद्यालयहरुसँगको सहकार्यमा संचालन भएको फिल्ड संयोजक दिनेश परियारले जानकारी दिनु भयो ।