हावाहुरीले चितवनको केराखेतीमा करोडौको क्षति

548 पटक पढिएको

सम्पादक: Dhadingnews.com

चितवन, ३० भदौ । चितवनमा लामो समय पछि आएको ठुलो हावाहुरीका कारण यहाँका किसानहरु ठुलो क्षति बेहोरेका छन् । शनिबारराति एक्कासी आएको हवाहुरीको सबैभन्दा धेरै असर केराखेतीमा परेको छ । जसका कारण चितवनमा लगाईएको ४ करोड रुपौया बढी केराखेतीमा क्षति पुगेको केरा व्यवसायी समिति चितवनका अध्यक्ष यज्ञ सुवेदीले जानकारी दिए ।
पानीसहित आएको हावाहुरीका कारण चितवनको रत्ननगर, जुटपानी, पिठुवा, पदमपुर, शक्तिखोर, शुक्रनगर लगायतका क्षेत्रमा सयौको संख्यामा केराका बोट ढलेको छ । साथै र्भखरै पसाएको केरा समेत ढलेको छ– चितवन केरा व्यवसायी समितिका अध्यक्ष यज्ञप्रसाद सुवेदीले भने । उद्योग वाणिज्य महासंघ र नेपाल सरकारको सहकार्यमा सञ्चालित एक गाँउ एक उत्पादन अभियान अन्र्तगत रत्ननगरलाई केराको पकेट क्षेत्रका रुपमा विकास गरिदै आएको थियो । दशैमा उत्पादन हुने गरि लगाइएको हरियो जातको विलियम हाईब्रिड केरा अधिकांश ढलेको अध्यक्ष सुवेदीले वताए । हाम्रो एउटा केराको बोटमा लगात मात्रै एक सय ४६ रुपौया हुन्छ जब की सरकार स्पष्ट नियम नहुदाँ १ रुपैयाँ ६० पैसा मात्र आउनछ । यो हावा हुरीले मात्रै ४ करोड बढी क्षति भएको हाम्रो अनुमान छ –अध्यक्ष सुवेदीको भनाई थियो । चितवनमा १५ सय विगाहा क्षेत्रफलमा केरा खेती हुने गरेको छ ।