फुटबल खेलाडीलाई २ लाख ५० हजार

521 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ, ३१ भदौ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आठौं साफ च्याम्पियनसिपमा उत्कृष्ट प्रदर्शन गरेबापत् नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्यलाई जनही २ लाख ५० हजार पुरस्कार दिएको छ । सोमबार  दशरथ रंगशालामा आयोजित एक कार्यक्रमका बीच एन्फाले खेलाडीलाई पुरस्कृत गरेको हो ।images

काठमाडौंमा भएको साफमा नेपाली टोली सेमीफाईनलमा अफगानीस्तानसंग पराजित भएको थियो । बलियो प्रतिद्वन्द्वी बंगलादेश र भारतलाई हराउँदै सेमीफाईनलमा पुगेको नेपाली टोलीले यो साफमा उत्कृष्ट प्रदर्शन गरेपनि उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन ।
पुरस्कार कार्यक्रममा बोल्दै एन्फा अध्यक्ष गणेश थापाले उत्कृष्ट खेलको बाबजुत नेपालले व्यहोरेको हार पत्याउन गा¥ह्रो भएको बताए । साफ सुरु हुनु अघिनै एन्फाले ट्रफी जितेमा प्रत्येक खेलाडीलाई अपार्टमेन्ट र आजिवन १० हजार रुपैयाँ भत्ता दिने घोषणा गरेको थियो ।