उच्चस्तरीय राजनीतिक समिति र चार दलबिचको वार्ता निष्कर्ष बिनानै टुङगियो

569 पटक पढिएको

प्रकाशित मिति: २०७०, १ आश्विन मंगलवार ००:२०

सम्पादक: Dhadingnews.com

 

 

 

काठमाण्डौ / नेकपा–माओवादी आफ्नो अडानबाट पछाडि नहटेपछि उच्चस्तरीय राजनीतिक समितिसँग सोमबार भएको वार्ता पनि कुनै निष्कर्षबिना टुंगिएको छ । उच्चस्तरीय राजनीतिक समितिको कार्यालय नयाँ बानेश्वरमा भएको वार्तामा नेकपा(माओवादीले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने र दलीय सहभागितामा सरकार गठन गर्नुपर्ने भनी अघि सारेका प्रस्तावमा कुनै प्रगति हुन नसकेपछि वार्ता निष्कर्षविहीन बनेको छ ।

४ मंसीरमा संविधानसभा निर्वाचन सम्भव नभएको भन्दै मोर्चाले त्यसका लागि मिति सार्नुपर्ने र मन्त्रिपरिषद् अध्यक्ष रेग्मीले प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुपर्ने शर्त अगाडि सारेपछि उच्चस्तरीय राजनीतिक समितिले उक्त शर्त स्वीकार गर्न नसकेको नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले जानकारी दिए ।
पौडेलले भने, “मंसीर महिनाभित्र विभिन्न प्राविधिक र व्यावहारिक विषय मिलाएर केही दिन निर्वाचनको मिति सार्न सकिन्छ, वाधा अड्काउ फुकाउमा पनि केही लचक हुन सकिन्छ भनेर समितिको तर्फबाट राखिएको प्रस्ताव माओवादीले अस्वीकार गरेका कारण कुनै पनि सहमति हुन सकेन, तैपनि वार्ताको ढोका भने बन्द भएको छैन ।”वैद्य नेतृत्वको मोर्चा सहभागी नभएपनि निर्वाचनको प्रक्रिया अगाडि बढाउने उच्चस्तरीय समितिको धारणा रहेको पनि पौडेलले बताए । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले वार्तामा कुनै पनि विषयमा प्रक्रिया अगाडि बढ्न नसकेका कारण स्थिति जहाँको त्यहीं रहेको बताए ।
नेकपा–माओवादीका सचिव देव गुरुङले भने उच्चस्तरीय समितिले प्रधान्यायाधीशको पदबाट रेग्मीलाई राजीनामा गराउन नसक्ने बताएपछि  वार्ता प्रक्रिया अगाडि बढ्न नसकेको बताएको  मुलधारन्युज डट कमले आफ्नो समाचारमा लेखेको छ ।

 



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, १ आश्विन मंगलवार ००:२० मा प्रकाशित