स्थायी कमिटीले नसकेपछि एमालेमा उमेद्वार छान्न गोप्य छलफल

584 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौ,२ असोज / स्थायी कमिटीको बैठकबाट उम्मेदवार छनोटको टुङ्गो लगाउन नसकेपछि नेकपा एमालेका शीर्ष नेताहरुले गोप्य छलफल शुरु गरेका छन् ।

स्थायी कमिटीबाट उम्मेदवारको अन्तिम टुङ्गो लगाउन पार्टी कार्यालयमा बुधबार बसेको बैठकमा उमेद्वारका लागि जिल्ला नेताहरुको दबाब बढेपछि एमाले नेताहरुले गोप्य छलफल शुरु गरेका हुन् ।

बुधबार पनि बिहानैदेखि एमाले नेताहरु गोप्य रुपमा छलफलमा थिए । तर अझै उमेदवारको नाम टुङ्गो नलागेको स्रोतले जनाएको छ ।

गोप्य छलफलमा टुङ्गो लागेपछि औपचारिक रुपमा स्थायी समितिले समानुपातिक तथा प्रत्यक्ष तर्फको सूचि बनाएर केन्द्रीय कमिटी बैठकले त्यसलाई अन्तिम रुप दिने नेताहरुले बताएका छन् ।

एमालेमा जिल्लाबाट धेरैको नाम सिफारिस भएपछि छनोटमा समस्या भएको छ । पार्टी मुख्यालय बल्खुमा नेता कार्यकर्ताको भिड बढेपछि नेताहरुले पार्टी कार्यालय बाहिरै गोप्य छलफल शुरु गरेको उज्यालो अनलाईनमा खबर छापिएको छ ।