विभिन्न बिद्यालयमा पुस्तकालयको अनुगमन

646 पटक पढिएको

सम्पादक: Dhadingnews.com

तसर्पु  असोज ४ / जिल्लाको विभिन्न बिद्यालयमा स्थापना भएको पुस्तकालयको सरोकारवालाहरुबाट अनुगमन सम्पन्न भएको छ ।
बिहिबार जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीको नेतृत्वमा पुस्तकालय स्थापना भएका विद्यालयहरुको अनुगमन गरिएको हो । जिल्ला शिक्षा कार्यालयको समन्वय,रुम टु रिडको साझेदारीमा प्रयास नेपाल धादिङले बिद्यालयहरुसँगको सहकार्यमा संचालित पुस्तकालय र पढाई लेखाई निर्देशन अन्तरर्गत संञ्चालित गतिविधिको अनुगमन गरिएको हो ।

अनुगमनका क्रममा विद्यालयमा पुस्तकालयको आवश्यकता, महत्व र प्रयोगको विषयमा छलफल गरिनुका साथै विद्यालयको समग्र व्यवस्थापन र शिक्षण गर्दा सिकाई उपलब्धीलाई ध्यान दिनुपर्ने कुराहरु लगायतका विषयमा शिक्षक तथा विद्यार्थीहरुसँग अन्तरक्रिया गरिएको थियो ।

अनुगमन टोलीले धादिङको भुमेस्थान गाविस वडा नम्बर ९ को वनदेवी प्रावी, नौविसे गाविस वडा नम्बर १ को कालिदेवी निमावि, थाक्रे गाविस वडा नम्बर ६ को कालिका मावि र तसर्पु गाविस वडा नम्बर ९ को आदर्श मावि गरि ४ वटा विद्यालयको अनुगमन गरेको थियो । अनुगमन टोलीमा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदी सहित विद्यालय निरिक्षक दिपेश सिलवाल लगायतको सहभागीता रहेको थियो ।