प्रेरणा फाउण्डेशन फ्रेण्डसिप भलिबलको उपाधी सुनौलाबजारलाई

800 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,४ असोज./ धादिङबेशीमा सम्पन्न भएको प्रेरणा फाउण्डेशन फ्रेण्डसिप भलिवल प्रतियोगिताको उपाधि सुनौलाबजारले हात पारेको छ ।
शुक्रवार सम्पन्न भएको फाईनल प्रतियोगितामा गुम्दी गाउँ विकास समितिको समुहलाई हराउदै सुनौलावजार गाविसको टीमले उपाधि आफ्नो पोल्टामा पारेको हो ।
धादिङवेशीको खुल्लामञ्चमा असोज एक गतेदेखि सुरु भएको जिल्ला स्तरिय पुरुष फ्रेण्डसिप प्रतियोगितामा गुम्दी गाविसको टिमलाई पराजित गरी सुनौलाबजार गाविसका टिम प्रथम भएका थिए् । प्रतियोगितामा सत्यदेवी समुह तृतीय भएका छन् । तेस्रो स्थानका लागि मैदी गाविस र सत्यदेवी गाविसका टिम बिच भएको प्रतिष्पर्धामा मैदी गाविसको टिमलाई पराजित गर्दै सत्यदेवीले तृतीय स्थान हासील गरेको छ । प्रतियोगितामा नौ गाविसका ९ टिमको सहभागीता रहेको थियोे । प्रेरणा फाउण्डेशनका अध्यक्ष रामसिंह तामाङको अध्यक्षतामा आयोजित समापन समारोहमा प्रमुख जिल्ला अधिकारी विष्णृु प्रसाद पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र चर्तुथ स्थान प्राप्त गर्ने टिम तथा खेलाडिलाई क्रमशः १५ हजार, १० हजार पाँच हजार र तीन हजार नगद पुरस्कार, प्रमाण पत्र सहित सिल्ड कप र पदक वितरण गरिएको थियो । प्रतियोगीतामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गरिएको छ । यस्तै सत्यदेवी टिमका उत्कृष्ट रेजर चोकबहादुर तामाङ, गुम्दी टिमका उत्कृष्ट डिफेन्डर तेजबहादुर घले सुनौलाबजार टिमका उत्कृष्ट सटर रणबहादुर नगरकोटी, गुम्दी टिमका उत्कृष्ट खेलाडी लालबहादुर घले, र मार्पाक टिमलाई अनुसाशित टिमको प्रमाण पत्र सहित सबैलाई पाँच हजार रुपैयाँका दरले नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो ।