लागत मुल्य पाउनु पर्ने केरा किसानको माग

645 पटक पढिएको

सम्पादक: Dhadingnews.com

चितवन/गएको भदौ २९ गते आएको विनाशकारी हावाहुरीले पुर्वी चितवनमा साँढे ९ करोडको केरा नष्ट भएको केरा व्यवसायी समिति चितवनले जनाएको छ ।

             हावाहुरीबाट भएको क्षतीका विषयमा सरोकारवालाहरुबीच आईतवार  भएको अन्तरक्रिया कार्यक्रममा प्रतिवेदन प्रस्तुत गर्दै केरा व्यवसायी चितवनका अध्यक्ष यज्ञप्रसाद सुवेदीले हावाहुरीका कारण ९ करोड ५० लाख बरावरको क्षती भएको जानकारी दिनुभएको हो । हावाहुरीका कारण २ सय ५० विगाहा जग्गामा १ सय ९५ जना किसानले लगाएको केरा पुर्णरुपमा नष्ट भएको सुवेदीले वताउनु भयो । कार्यक्रममा चितवन केरा व्यवसायी समितिका अध्यक्ष यज्ञ प्रसाद सुवेदीले विगतमा जस्तो हचुवाको भरमा सरकारले राहत दिन खोजे अस्विकार गर्ने बताउनु भयो ।