बोर्डिङका विद्यार्थीद्वारा खाजा खर्च बचाएर सरकारी विद्यालयलाई ५ थान पंखा

530 पटक पढिएको

सम्पादक: Dhadingnews.com

पर्सा/पर्साको भिश्वास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई विरगञ्जको कादम्बरी स्कुलका विद्यार्थीहरुले पंखा प्रदान गरेका छन् ।

                कादम्बरी बोर्डिङ स्कुलमा कक्षा ९ र १० मा अध्ययन गरिरहेका विद्यार्थीहरुले आफ्नो खाजा खर्चबाट रकम बचाएर ५ वटा पंखा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयलाई हस्तान्तरण गरेका हुन् । भिश्वास्थित विद्यालयको प्राङ्गणमा आज कादम्बरी स्कुलका प्रधानाध्यापक राजेन्द्र आचार्यले विद्यार्थीहरुको तर्फबाट  ५ थान पंखा नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक कृष्ण प्रसाद सिंहलाई हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा फिफाका पूर्व रेफ्री तथा वीरगञ्ज रात्री माविका शिक्षक गजेन्द्र मान सिंहले सम्पन्न विद्यालयका विद्यार्थीहरुले विपन्न विद्यालयलाई गरेको सहयोग सह्रानिय भएको बताउनुभयो ।