अनेरास्ववियुको अध्यक्षमा ३ जनाको उम्मेदवारी

625 पटक पढिएको

प्रकाशित मिति: २०७०, ६ आश्विन आईतवार १४:४०

सम्पादक: Dhadingnews.com

 

 

काठमाण्डु /एमालेको निकट विद्यार्र्थी संगठन अनेरास्ववियुको अध्यक्ष पदका लागि ३ जनाले उम्मेदवारी दिएका छन् । निर्धारित समयअनुसार शनिबारनै महाधिवेशनमा आईतबार मात्र निर्वाचन प्रक्रिया शुरु भएको हो । निर्वाचन मण्डलका अनुसार अध्यक्षमा किशोर विक्रम मल्ल, लक्ष्मण लम्साल र नवराज पौडेलले उम्मेदवारी दिनुभएको छ । त्यस्तै ३ जना उपाध्यक्षका लागि सरोज यादव, ऐनबहादुर महर, बचनबहादुर सिंह, धु्रव राई, दीपक गौतम र थोमस बास्तोलाले उम्मेदवारी दर्ता गर्नुभएको छ भने महासचिवमा नबिना लामा र रचना खड्काबीच प्रतिस्पर्धा हुने भएको छ । ५ जना सचिव पदका लागि १० जनाको उम्मेदवारी परेको छ । मनोनयन दर्ता र उम्मेदवारीको अन्तिम नामावली सार्वजनिक भएपछि निर्वाचन हुने आयोजक समितिका सदस्य रचना खड्काले जानकारी दिनुभयो । बिहाबारदेखि शुरु अनेरास्ववियुको २१ औं महाधिवेशनले एकसय ३५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ । त्यसमा ११ पदाधिकारीसहित ४५ सदस्यीय सचिवालय समिति हुनेछ ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, ६ आश्विन आईतवार १४:४० मा प्रकाशित