धादिङ जिल्लालाई पूर्ण साक्षर जिल्ला वनाईने
537 पटक पढिएको
धादिङ/ चालु शैक्षिक सत्र भित्र धादिङ जिल्लालाई पूर्ण साक्षर जिल्ला वनाईने भएको छ । जिल्ला शिक्षा कार्यालय धादिङले बुधवार एक कार्यक्रमका बिच आफ्नो महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ ।
शिक्षा कार्यालय धादिङद्धारा आयोजित आर्थिक बर्ष २०७०÷७१ को कार्यक्रमको प्रवोधिकरण कार्यक्रमका अवसरमा जिल्ला शिक्षा अधिकारी दिपेन्द्र सुवेदीले धादिङ जिल्लालाई पूर्ण साक्षर जिल्ला वनाइने घोषणा गरेका हुन । जिल्लामा अहिले पनि ५० हजार जनसंख्या निरक्षर रहेकाले ति सबैलाई साक्षर वनाउन अभियानमुखी कार्यक्रम लिएर गाउं पस्न लागिएको जिल्ला शिक्षा अधिकारी सुवेदीले वताए ।
राष्ट्रिय जनगणना २०६८ का अनुसार धादिङ जिल्लाको साक्षरता अवस्था महिला ६०.११ र पुरुष ७४.४२ प्रतिशत रहेको छ । कुल जनसंख्या ३ लाख ३६ हजार ६७ जना रहेको धादिङ जिल्लामा विभिन्न उमेर समुहका गरी ४८ हजार २ सय ४४ जना निरक्षर रहेका छन ।
निरक्षर व्यक्तिलाई साक्षर वनाउन घरमा रहेका साक्षर व्यक्ति मार्फत निरक्षरलाई लेखपढ गर्न सिकाउने , वालवालिका मार्फत अभिभावकलाई लेखपढ गर्न लगाउने, गाउं गाउंमा रहेका सामुदायिक अध्ययन केन्द्र र अन्य निकाय मार्फत अभियान चलाइने जिल्ला शिक्षा अधिकारी सुवेदीले वताएका छन ।
धादिङ जिल्लामा शैक्षिक विकासका लागि कर्मचारी तथा शिक्षक तलव भत्ता,भवन निर्माण ,अन्य भौतिक पुर्वाधार विकासका लागि बर्षेनी ८६ करोड रुपैया राज्य कोषबाट खर्च हुने गरेको भएपनि सरकारी विद्यालयको गुणस्तर कमजोर हुंदै गएको सरोकारवालाहरुले वताएका छन ।
जिल्लामा अहिले १ लाख ६ हजार ६ सय ४ जना बिद्यार्थी अध्ययनरत रहेका छन त्यसैगरी शिक्षकहरुको सख्या जिल्लामा २ हजार ४ सय ८७ रहेको छ । प्राथमिक तहमा स्वीकृत दरवन्दी १ हजार २ सय ८२,राहत अनुदान ५ सय २८ रहेको छ भने निम्नमाविमा स्वीकृत दरवन्दी २ सय ७, राहत अनुदान १ सय ९४ र माविमा स्वीकृत दरवन्दी १ हजार ६ सय ४३ र राहत अनुदान ८ सय ४४ जना शिक्षकको संख्या जिल्ला भरीमा कार्यरत रहेका छन । प्राथमिक तहमा शिक्षक बिद्यार्थी अनुपात १.३३,निमाविमा १.६९ र माविमा १.४५रहेको जिल्ला शिक्षा अधिकारी सुवेदीले वताएका छन ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७०, १० आश्विन बिहीबार ००:२५ मा प्रकाशित