दसैंलाई नयाँ नोट चाहिए बैंक गइहाल्नुस्

580 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं । दसैंमा नयाँ नोट चाहिएको भए बैंक तथा वित्तीय संस्थामा गइहाल्नुस् । नत्र पोहोरजस्तै बैंकहरुले आफ्ना निकटतम ग्राहक र कर्मचारीका आफन्तलाई बाँडेर सिध्याउँछन् ।

राष्ट्र बैंकले ग्राहकले सर्वसुलभ रुपमा नयाँ नोट साट्न पाउन् भनेर बैंक तथा वित्तीय संस्थालाई वितरण सुरु गरिसकेको छ । यो बर्ष राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको नयाँ नोट साट्ने लक्ष्य लिएको छ । राष्ट्र बैंकले बैंक र उसको सञ्जाल अनुसार आवश्यक नोट दिइरहेको छ ।
राष्ट्र बैंकले नयाँसहित एक पटक प्रयोग भइसकेको सफा तथा सुकिला नोटहरु पनि वितरण सुरु गरेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई उनीहरुको आकार अनुसार पाँच लाखदेखि १० करोड रुपैयाँसम्म नयाँ नोट उपलब्ध गराउन थालेको छ ।
वाणिज्य बैंकहरुले १० करोडका दरले नयाँ नोट पाउन थालेका छन् भने विकास बैंक, फाइनान्स कम्पनीहरुले योभन्दा कम नोट पाएका छन् । तर सबै संस्थाले नयाँ नोट लगिसकेका छैनन् । राष्ट्र बैंकले मंगलबारदेखि नयाँ नोट बैंक तथा वित्तय संस्थालाई उपलब्ध गराउन थालेको हो । गत बर्ष बैंक तथा वित्तीय संस्थालाई दिइएको नोट सर्वसाधारणसम्म नपुग्दै बैंकका कर्मचारीका आफन्त र ग्राहकलाई साटेर सकिएको गुनासो थियो। त्यही भएर ग्राहकले जतिसक्दो बैंकमा गएर नयाँ नोट साट्दा सजिलो हुन्छ । राष्ट्र बैंकका क्षेत्रीय कार्यालयहरु र राजधानीको थापाथपी बैंकिङ कार्यालयबाट ग्राहकलाई मागेजति नयाँ नोट वितरण गरिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले थपाथलीमा आधा दर्जनको हाराहारीमा सटही काउन्टरबाट नोट वितरण गर्ने छ।
ग्राहकबाट बढी माग हुने  ५, १०, २०, ५० र १०० का नोटहरु वढी वितरण गर्ने केन्द्रिय बैंकको योजना छ । यसमध्ये २० र ५० का नोटको माग वढी छ। राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरका नोटमध्ये ६० प्रतिशतभन्दा वढी नयाँ हुने छन्। वाँकी नोट सुकिला तथा सफा हुन् छन्।
राष्ट्र बैंकले पोहोर दसैंका लागि २५ अर्ब रुपैयाँ नयाँ नोट वितरण गरेको थियो। राष्ट्र बैंकका अनुसार, अहिले बजारमा दुई खर्ब १७ अर्ब ७३ करोड ८६ लाख रुपैयाँ बराबरको नोटहरु चलनचल्तिीमा छ। साउन मसान्तसम्मको विवरण अनुसार, राष्ट्र बैंकको बैंकिङ कार्यालयमा चार अर्ब रुपैयाँ नोट मौज्दात त।
गत बर्ष नयाँ नोट वितरण गर्नुअघि बजारमा १ सय ८८ अर्ब रुपैयाँ बराबरका नोट चलनचल्तीमा थिए। राष्ट्र बैंकले काठमाडौं बैंकिङ कार्यालय, विराटनगर, जनकपुर, वीरगन्ज पोखरा, भैरहवा, धनगढी, नेपालगन्जबाट नोट सटही गर्ने जनाएको छ।

होस गरेर चलाउँ नयाँ नोट

राष्ट्र बैंकले पर्वमा नोट प्रयोग गर्दा मैलो नबनाउन पनि सर्वसाधारणसँग अनुरोध गरेको छ। सुकिलो नोट प्रयोग गर्ने प्रवृत्ति विकास गरी राष्ट्रको खर्च बचाउन केन्द्रिय बैंकले आग्रह गरेको हो  । जति छिटो नोट मैलो बनाउँछौं, त्यति चाँडो नयाँ छाप्नुपर्ने हुन्छ ।  यसले देशको खर्च बढाउँछ।
पर्वमा पानीले नोट नभिजाउने, रङ नलगाउने र नपट्याई जतन गर्नु पर्छ । नोट नपट्याएमात्र ८ महिना आयु बढ्ने अनुमान छ। नोटको बन्डलमा जथाभावी स्टिच लगाउने प्रवृत्ति नियन्त्रण गर्न राष्ट्र बैंकले यसअघि निर्देशन दिइसकेको छ।  चाडबाडपछि बैंकमा नोट फर्कंदा सफा भए देशलाई नै फाइदा हुनेछ । हजार र पाँच सयको एक नोट छपाइमा दुई रुपैयाँभन्दा बढी खर्च हुन्छ।
                                                                                                                          बिजमाण्डु डटकमबाट