राष्ट्रिय जनमोर्चाले उम्मेदवार चुन्यो
623 पटक पढिएको
काठमाडौ/संघीयताको विपक्षमा खुलेर लागेको राष्ट्रिय जनमोर्चाले संविधानसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ ५० जना उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।
मोर्चाले लालबहादुर जाग्री (डडेलधुरा क्षेत्र नं. १), मनोज भट्ट (मनिराज भट्ट) (डोटी क्षेत्र नं. २), राजबहादुर चौधरी (कञ्चनपुर क्षेत्र नं. १), कौशिलादेवी बोगटी (बैतडी क्षेत्र नं. २), नन्दराज भट्ट (कैलाली क्षेत्र नं. ५), खडकबहादुर राना थारू (कैलाली क्षेत्र नं. ६), कल्पना भण्डारी (बझाङ क्षेत्र नं. १), हर्कबहादुर रोका (डोल्पा), राजबहादुर भाम (मुगु), अग्निराज उपाध्याय (जुम्ला) र बालकुमारी आचार्यलाई (बाके क्षेत्र नं. १) बाट उम्मेदवार बनाएको छ ।
त्यसैगरी, निर्मला अर्याल (बर्दिया १), कृष्णकुमारी रावल (सुर्खेत २), मयाराम अधिकारी (दैलेख १), भरतबहादुर शाही (दैलेख २), जयकृष्ण सञ्ज्याल (कालिकोट), आशा बुढा मगर (रूकुम १), ओमबहादुर क्षेत्री (दाङ १), शशिधर भण्डारी (दाङ २), कृष्णबहादुर खड्का (प्यूठान १), वोमहादुर खत्री (प्यूठान २), जमानसिंह राना (गुल्मी १), सोमकुमार कार्की (पाल्पा ३), शिव पौडेल (कपिलवस्तु १), इन्दल केवट (रूपन्देही १), गणेश गौतम (रूपन्देही ५), होमनाथ आचार्य (नवलपरासी १), विकाराम चौधरी (नवलपरासी ३), तिर्थसिंह थापा (बागलुङ १) र राजेन्द्र ढुङ्गानालाई (बागलुङ २) बाट उठाउने निर्णय गरिएको छ ।
त्यस्तै, धर्मबहादुर कुवर (बागलुङ ३), राजेन्द्र गैरे (स्याङजा २), शङ्करप्रसाद बराल (कास्की ४), घनश्याम खनाल (काठमाडौ“ १), गोविन्दबहादुर थापा (काठमाडौ ४), रामबाबु फुयाल (काठमाडौ“ ७), लक्ष्मण उप्रेती (सिन्धुपाल्चोक १), शिवहरि खनाल (भक्तपुर २), दिपाराम महर्जन (ललितपुर ३), राजेन्द्र श्रेष्ठ (रामेछाप २), लक्ष्मण विष्ट (मकवानपुर २), वीरबहादुर गोले (रौटहट ६), सन्तबहादुर विक (सिन्धुली ३), निष्णुकुमार थिङ (सर्लाही २), कुलबहादुर रोका (मोरङ ३), कोमलकुमारी ढकाल (तेह्रथुम १), ऐराखमान लिम्बू (धनकुटा २), कमला तामाङ (सुनसरी १), सन्तबहादुर नेपाली (अर्घाखाँची १), र शेरबहादुर बिसीलाई (अर्घाखाची २) बाट उम्मेदवार खडा गरिएको छ ।रासस
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७०, १० आश्विन बिहीबार १५:५९ मा प्रकाशित