यू १६ एएफसी च्याम्पियनसिपमा ८ वर्षपछि नेपालछनौट

527 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौं / नेपाल सोह्र वर्ष मुनिको एएफसी च्याम्पियनसिपमा तेश्रो पटक छनौट भएको छ । छनौट चरणको आफ्नो अन्तिम खेलमा आज तुर्कमिनिस्तानलाई ४–० ले हराउँदै नेपाल सन् २०१४ मा थाईल्याण्डमा हुने प्रतियोगितामा छनौट भएको हो ।

नेपाल यसअघि सन् २००० र सन् २००६ मा एएफसी यू १६ च्याम्पियनसिपमा छनौट भएको थियो । दशरथ रंगशालमा आज नेपाललाई जिताउन कप्तान बिमल घर्ती मगरले ह्याट्रिक गरे । पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेका बिमलले ५२ औं मिनेटमा र ८१ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे ।  यस्तै ७४ औं मिनेटमा दिनेश राजबंशीले एक गोल गरे।

प्रतियोगिता अन्तर्गत आजको पहिलो खेलमा बहराइनले इराकलाई २–१ ले हराएको थियो । छनौट चरणको नेपालले पहिलो खेलमा बहराईनलाई २– शून्यले हराएको थियो भने दोश्रो खेलमा बलियो प्रतिद्वन्द्वी इराकलाई २–२ को बराबरीमा रोकेको थियो ।