उम्मेदवारी दर्ताका क्रममा धादिङमा देखिएका केही झलक

563 पटक पढिएको

सम्पादक: Dhadingnews.com

मंसिर ४ मा हुनगईरहेको संबिधान सभा निर्वाचनका लागि धादिङ क्षेत्र नम्बर १ मा १३ वटा दल र ९ स्वतन्त्र सहित २२ जना, २ मा २१ दल र जना ९ स्वतन्त्र सहित ३० जना र ३ मा १७ दल, ५ स्वतन्त्र सहित २२ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।जिल्लामा यस् अघी नाम नसुनिएका दलहरु पनि उम्मेद्वारीका लागि आएका थिए । केही दलले भने उम्मेद्वार नपाएर हैरानी भोगिरहेका थिए भने कतिले समर्थक र प्रस्ताबक समेत नभेटेर निर्वाचन कार्यालय पुगेका हरुसँग  हारगुहार गरिरहेका थिए । ठुला मुख्य ४ दल एमाले, एमाओबादी, काङग्रेस र राप्रपा दलबल र ताम झामका साथ निर्वाचन कार्यालय पुगेका थिए । उपस्थिती थोरै भएपनी राप्रपा नेपालले पनि बजारमा नाराजुलुस गर्दै गएको थियो । सानादल हरु भने आफ्ना समर्थक र प्रस्तावक का साथ गएका थिए ।  उम्मेदवारी दर्ताका क्रममा देखिएका केही झलक

तस्बिर केशव अधिकारी / धादिङन्युज डट कमSAM_0508 SAM_0393 SAM_0396 SAM_0414 SAM_0455 SAM_0477 SAM_0492