मध्यमाञ्चलका मतदानस्थल ‘अति संवेदनशिल’

485 पटक पढिएको

प्रकाशित मिति: २०७०, २० आश्विन आईतवार १७:११

सम्पादक: Dhadingnews.com

 

 

हेटौँडा, /मंसिर ४ गते हुने संविधानसभा निर्वाचनका लागि सुरक्षाका दृष्टिकोणले मध्यमाञ्चलका ६ सय ७६ मतदानस्थल ‘अति संवेदनशिल’ मानिएको छ । ६६ निर्वाचन क्षेत्रका ६ सय ७६ मतदानस्थल अति संवेदनशिल मानिएको हो । 

मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका अनुसार २ हजार ७ सय २० मतदानस्थलमध्ये ६ सय ७६ अति संवेदनशिल, एक हजार ५९ संवेदनशिल र ९ सय ८५ मतदानस्थल सुरक्षाका दृष्टिकोणले सामान्य छन् । १६ जिल्लामध्ये तराईको धनुषा, महोतरी, सर्लाही, बारा, पर्सा र रौतहट जिल्लालाई अति संवेदनशिल जिल्लाको रुपमा लिएको मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायव महानिरीक्षक विज्ञानराज शर्माले बताए । धादिङ, चितवन, मकवानपुर र सिन्धुली संवेदनशिल र काभ्रे, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, दोलखा र रामेछाप जिल्लालाई समान्य रुपमा लिएको शर्माको भनाई छ । “जिल्ला र मतदानस्थलको सुरक्षा संवेदनशिलता अनुसार सुरक्षाकर्मी परिचालन गरिनेछ ।”–शर्माले भने । ६६ निर्वाचन क्षेत्रका ५ हजार ४६ मतदान केन्द्रको सुरक्षाका लागि १२ हजार ७ सय ४३ प्रहरी परिचालन गरिने भएको छ । “प्रहरी जनशक्तिको साथै हाम्रो मातहतमा १२ हजार ७ सय ३२ म्यादी प्रहरी पनि मतदान केन्द्रको सुरक्षामा परिचालन हुन्छन् ।”–प्रहरी नायव महानिरीक्षक शर्माले भने–“सम्पूर्ण मतदान केन्द्रहरुमा सुरक्षित ढंगले मतदान गर्ने व्यवस्था मिलाईन्छ ।”
निर्वाचनका लागि तीन चरणको सुरक्षा योजना अनुसार काम भईरहेको मध्ये क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले जनाएको कारोबार दैनिकमा खबर छ ।  ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, २० आश्विन आईतवार १७:११ मा प्रकाशित