एमालेवाट समानुपातिकको बन्द सुचिमा धादिङका तीन जना
557 पटक पढिएको
धादिङ/समानुपातिक तर्फ जिल्लाको तीन वटै निर्वाचन क्षेत्रवाट झण्डै दुई दर्जन व्यक्तिको नाम केन्द्रमा सिफारिश गरिएको भएपनि मंगलवार नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक तर्फको बन्द सुचिमा धादिङ जिल्लाका तीन जनाको नाम परेको छ ।
एमालेले मंगलवार निर्वाचन आयोगमा पेश गरेको समानुपातिक तर्फको अन्तिम नामावलीको बन्द सुचिमा धादिङ कल्लेरीका गंगालाल तुलाधर, भुमेस्थानका वलरामप्रसाद वांस्कोटा र ढोला गाविसका जानुका सिम्खडा रहेका छन । तुलाधार नेकपा एमालेका पोलिटव्युरो सदस्य हुन । अघिल्लो संविधान सभा निर्वाचनमा धादिङ क्षेत्र नम्बर २ वाट झिनोमतले पराजित हुनुभएका तुलाधर माधवकुमार नेपालको नेत्तृत्वमा रहेको मन्त्रीमण्डलमा शिक्षा मन्त्री एवम सरकारका प्रवक्ता हुनु भएको थियो । बांस्कोटा अखिल नेपाल किसान महासंघका केन्द्रिय उप महासचिव,सिम्खडा नेकपा एमाले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य एवम अखिल नेपाल महिला संघको केन्द्रिय सदस्य हुनुहुन्छ ।
वन्द सुचिमा तुलाधरको नाम १ सय ४२ नम्वरमा, बांस्कोटाको नाम २ सय ४८ नम्बरमा,डाक्टर कंडेलको नाम २ सय ८३ नम्बरमा र सिम्खडाको नाम ३ सय ३ नम्बरमा रहेको छ । समानुपातिक तर्फ नेकपा एमालेले मंगलवार देशभरीवाट ३ सय ३५ जनाको नाम निर्वाचन आयोगमा बन्द सुचि पेश गरेको थियो ।
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७०, ६ कार्तिक बुधबार ०५:३१ मा प्रकाशित