धादिङका को को परे समानुपातिकको सुचिमा

791 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ/ दलहरुले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक तर्फको वन्द सुचिको अन्तिम नामावलीमा धादिङ जिल्लावाट नेकपा मालेका चार जना,एकीकृत नेकपा माओवादी ,नेकपा एमालेव रअखण्ड पार्टीवाट तीन तीन जना र अन्य दलवाट एक एक जना को नाम परेको छ ।
नेकपा मालेका पश्चिम वागमती व्युरो प्रमुख एवम धादिङ क्षेत्र नम्बर १ का प्रत्यक्ष तर्फका उम्मेदवार भरत नेपालका अनुसार जिल्लावाट सिफारिश गरिएका तिर्थ सिलवाल, मैया सिम्खडा,टंकलाल श्रेष्ठ र इन्दिरा वर्तौलाको नाम वन्द सुचिमा परेको छ । त्यसै गरी नेकपा एमालेको तर्फवाट पुर्वमन्त्री एवम पार्टीका पोलिटव्युरो सदस्य गंगालाल तुलाधर, अखिल नेपाल किसान महासंघका उप महासचिव वलरामप्रसाद वांस्कोटा र अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य एवम पार्टीका राष्ट्रिय प्रतिनिधि परिषद सदस्य जानुका सिम्खडाको नाम वन्द सुचिमा परेको नेकपा एमाले धादिङले जनाएको छ ।
एकीकृत नेकपा माओवादीवाट धादिङ जिल्लाका तीन जनाको नाम वन्द सुचिमा परेको सो पार्टीले जनाएको छ । समानुपातिक तर्फ बन्द सुचिमा परेका एनेकपा माओवादीका जिल्ला नेता रामवहादुर भण्डारीका अनुसार जिल्लावाट भण्डारीका साथै नेपाल पत्रकार महासंघका महासचिव ओम शर्मा ढुङ्गाना र पुर्व प्रहरी महानिरिक रविन्द्रप्रताप शाहको नाम परेको छ ।

नेपाली कांग्रेसवाट भने दिलमान पाख्रिनको मात्र नाम वन्द सुचिमा परेको छ । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फवाट पार्टीका केन्द्रीय सदस्य एवम पुर्व मन्त्री ठाकुर शर्माको नाम वन्द सुचिमा परेको सो पार्टीका जिल्ला प्रवक्ता धुव्र खनालले वताएका छन ।
राष्ट्रिय जनजागरण पार्टीवाट बविन तामाङ,अखण्ड नेपाल पार्टीवाट उर्मिला खत्री,तेजवहादुर लामिछाने र भरतवहादुर कार्कीको नाम वन्द सुचिमा परेको वताईएको छ । यि वाहेक अन्य दलहरुको तर्फवाट वन्द सुचिमा परेका व्यक्तिहरुको नाम भने प्राप्त हुन सकेको छ्रैन ।