तिप्लीङको लघुङमा एमालेको चुनावी भेला

560 पटक पढिएको

सम्पादक: Dhadingnews.com

तिप्लीङ/नेकपा एमाले क्षेत्र नम्बर १ को चुनावी प्रचार प्रसार कार्यक्रम अन्र्तगत तिप्लीङको लघुङमा चुनावी भेला सम्पन्न भएको छ । नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ को आयोजना र तिप्लीङ गाउँ पार्टी कमिटिको व्यवस्थापनमा चुनावी भेला सम्पन्न भएकोे हो । नेकपा एमाले तिप्लिङ गाउँ पार्टी कमिटिका अध्यक्ष रुपा घलेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटि सदस्य रामहरी अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।dhanbahadur ghale uml 1

                           भेलामा नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का उम्मेद्वार धनबहादुर घलेले विभिन्न विकास निर्माण कार्य एवं स्वास्थ्य तथा तिप्लीङको आलुुखेती कार्यमा आफुले सहयोग गर्दै आएको र अबका दिनहरुमा पनि आफुले जस्तो सुकै कार्यमा पनि स्थानियवासीलाई सहयोग गर्ने आश्वासन दिनुभयो । भेलामा नेकपा एमालेका जिल्ला कमिटि सदस्यहरु नारायण कार्की, ईन्दीरा ढुङ्गाना, उमेश थापा, कान्छा लामा, नेकपा एमाले धादिङ क्षेत्र नम्बर १ का क्षेत्रिय सदस्य नरबहादुर घले लगायतले सम्बोधन गर्नुभएको थियो । भेलामा नेकपा एमाले जिल्ला कमिटि सदस्य, अनेरास्ववियुका प्रतिनिधिहरु लगायत गाउँ पार्टी कमिटिका सदस्यहरुको सहभागीता रहेको थियो । तिप्लिङमा सम्पन्न भएको सभामा स्थानीयबासीले उल्लेख्य उपस्थिति रहेको नेकपा एमाले धादिङ क्षेत्र नम्वर १ ले जनाएको छ ।