यसपटक धादिङमा सुर्यध्वजाबाहक उमेदबारको बिजय सुनिश्चित –राजेन्द्र पाण्डे

635 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Interview

राजेन्द्र पाण्डे नेकपा एमालेका प्रखर बक्ताको रुपमा चिनिनुहुन्छ लामो समय राजनितीमा संलग्न रहदै आउनु भएका नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहनु भएका पाण्डे यस पटक धादिङ क्षेत्र नम्वर ३ बाट चुनावी प्रतिष्प्रर्धामा रहनु भएको छ । अघिल्लो संबिधान सभा निर्वाचनमा नेकपा एमाओवादी का शालिकराम जमरकटेलले गाउं पस्न नदिएर पटक पटक आक्रमणको निसानमा पर्नु भएका पाण्डे यस पटक चुनाव जित्ने कुरामा ढुक्क हुनुहुन्छ । जिल्लाको बिकासमा उल्लेख्य योगदान पु¥याउनु भएका पाण्डे यस पटक एमाओवादीले जस्तोसुकै ज्यादती गरेपनि त्यसको प्रतिकार गर्दै जनताको घरघरमा पुग्ने अठोट गर्नु भएको छ । यस पटकको चुनावमा आफ्नो जित सुनिश्चित भएको दावी गर्नु भएका नेता पाण्डेसंग नेपाल समाचारपत्रका लािग दिपक रिजालले गर्नुभएको कुराकानीको सारसंछेप ।

यस पटकको निर्वाचनमा आफुलाई कसरी प्रस्तुत गर्दै हुनुहुन्छ ?
यस पटकको निर्वाचनमा धादिङ क्षेत्र नम्वर ३ बाट नेकपा एमालेको जित निश्चित भएको संदेश गाउं गाउंमा दिदैं हिडेको छु । हिजो एमालेलाई भोट नहाालेर गल्ती गरिए छ भन्ने ठुलो जमात अहिले घर दैलौ अभियानका क्रममा पाएको छु । जिल्लाको बिकासकालागि मैले गरेको योगदानको जनताले मुल्याङकन गरेको अहिले मैले पाएको छु । घर दैलो अभियानका क्रममा जनताहरुले क्रान्तिकारी कुरा गर्दैमा क्षेत्रको बिकास नहुने बताउनुले पनि जनता भ्रमबाट मुक्त भईसकेका छन । हिजोको जस्तो परिस्थिती आज छैन । जनताले को सही को गलत भन्ने छुट्याई सकेका छन ।

तपाईको एजेण्डा केहो त ?
मेरो एजेण्डा भनेको पार्टीको एजेण्डा हो । पार्टीले घोषणापत्र सार्वजनिक गरिसकेको छ । हामी पार्टीको घोषणापत्र बोकेर जनताको माझमा गएका छौ । जनताले हाम्रो एजेण्डालाई मन पराएका छन । बिगतमा राष्ट्रिय राजनीतिमा एमालेको खेलेको भुमिका प्रति जनताले प्रसंसा गरेका छन । हामीले एमाओवादी को उग्रबिचार र नेपाली काग्रेसको यथास्थितीवादी चरित्रको भण्डाफोर गर्दै मुलुकलाई दुर्घटनाबाट जोगाउन जुन प्रकारको भुमिका खेलियो यो नै एक मात्र बाटो थियो । आज हामीले जनतालाई त्यही कुरा राख्दै आएका छौ । अहिले जनताका समस्याको बारेमा पनि हामीले राम्रोसंग बुझ्ने मौका पाएका छौ ।

एमालेलाई त एजेण्डा बिहिन पार्टीको रुपमा हेर्ने गरिएको छ त?
त्यो एमालेलाई नबुझ्नेहरुले लगाउने गरेको मिथ्था आरोप मात्रै हो । एमाओवादीको जातीय एजेण्डा र कांग्रेसको थयास्थितीवादी सोचको बेलामा एमालेले अघि सारेको एजेण्डाले काम गरेको त तपाईहरुलाई राम्रोसंग थाहा छ । यदी उग्रवमपन्थी सोच र बिचार बिहीन सोच भएकाहरुले यो मुलुकलाई कहां पु¥याउन खोजेका थिए । एमालेको बुद्धिमत्तापुर्ण निर्णयका कारण मुलुक अहिले सम्म जोगिएको छ ।हामीले अघि सारेको एजेण्डा नै अहिले मुलुकको प्रमुख एजेण्डा भएको छ ।

चुनाव जित्ने आधारहरु के के हुन त ?
हामीसंग चुनाव जित्ने आधारहरु धैरै छन । बिगतमा जुन निर्मम तरिकाले बुथ क्याप्चर गरेर जनतालाइृ आतंकित बनाइएको थियो यस पटक त्यो संभावना छैन । जनताले पनि एमालेले नजितेको कारण मुलुक अनिर्णयको बन्दी बनेको प्रतिकृया दिएका छन । गत निर्वाचनमा एमाओवादी कातंकका कारण मौन बसेका जनता यस पटक मेरो पक्षमा खुलेर लागेका छन । म जहां जहां पुगेको छु त्यहां जनताको एकदमै राम्रो उपस्थिती पाएको छु । बिगतमा जे भयो यस पटक हामी बाटो बिराउदैनौ भन्ने प्रतिकृया भोटरहरुले दिनु भएको छ ।
अन्य पार्टीले संचालन गरेको चुनावी अभियान र हामीले संचालन गरिरहको चुनावी अभियान एकदमै फरक छ । नेता तथा कार्यकतामा देखिएको उत्साह हेर्ने हो भनेपनि मेरो जित निश्चित जस्तै भई सकेको छ ।

यस पटक पनि बिगतको जस्तै गतिबिधि नदोहोरिएला भन्ने सोच्नु भएको हो ?

होईन बिगतको जस्तै गतिबिधि गर्ने कोषिस एमाओवादीबाट भएको छ । बैरेनीको बिर्ताडाडामा एमाओवादीको क्याम्पबाट सशस्त्र प्रहरी बलको टोलीले जुन प्रकारको हतियार बरामद ग¥यो यसले हामीलाई अझै सचेत बनाएको छ । एमाओवादीको यस्ता खाले क्रियाकलापको हामीले भण्डाफोर गर्ने योजना बनाएका छौ । हतियार र गुण्डागर्दीको भरमा चुनाव जित्ने सपना बोकेको एमाओवादीलाई यस पटक जनताले नै ठेगान लगाउने छन ।
टिकट बितरणमा केही असन्तुष्टी पनि देखियो नी ?
होईन त्यस्तो केही भएको छैन । पार्टीले गरेको निर्णयलाई कार्यकर्ताले मान्नुप¥यो नि । पार्टीको डिसिजन पछि केही नेता कार्यकर्ताले चित्त दुखाउनु भएको थियो । अव ती सबै कुराहरु मिलिसके सबै नेता कार्यकर्ता एक भएर चुनावमा केन्द्रित भएका छौ ।

 

BY :www.newsofnepal.com