उत्तरी धादिङको आठ गाविसमा असिना र पानीका कारण करोडौं रुपैयाको क्षती

589 पटक पढिएको

प्रकाशित मिति: २०७०, ११ कार्तिक सोमबार १४:४८

सम्पादक: Dhadingnews.com

 

 

सल्यानटार/आईतवार राती परेको असिना र पानीका कारण धादिङ जिल्लाको उत्तरी भेगका आठ गाविसमा मुखमा आईसकेकोवाली नष्ट भएपछि प्रेमको मात्रै होइन उत्तरी धादिङको आठ गाविसमा प्राकृत्तिक विपत्तिका कारण करोडौं रुपैयाको क्षती पुगेको छ । खेतमा धान होइन पराल मात्र वांकी भएपछि यहांका किसानहरुको बर्षभरीको मेहनत खेर गएको हो । DSC01545
राती एघार वजे तिर केहिवेर आएको असिना र पानीले जिल्लाको सल्यानटार, बुढाथुम ,बसेरी ,फुलखर्क, गुम्दी,मुलपानी,आगिञ्चोक र सल्यानकोट गाविसमा खेतमा काट्ने अवस्थामा रहेको धानका साथै हि उंदेवालीहरु कोदो,मास, झुसे, तिल, मस्याङ, भटमासका साथै केराखेती समेत नष्ट गरेको स्थानीयवासीले वताएका छन । DSC01505

सल्यानटार गाविस वडा नम्बर ७ का ७६ बर्षिय सेते कुमालको परिवारले आगिन्चोक गाविसको ह्यापिङ खोलाको खेतवाट अघिल्लो बर्ष १४ मुरी धान भित्र्याएको खेतमा यो बर्ष एक मुरी धान पनि वांकी नरहेको उनिहरुले वताए । आंपुले थाहा पाएपछि पहिलो पटक यति धेरै ठुलो क्षती भोग्नु परेको सेते वताउंछन । ह्यापिङ खोलामा रहेको पांच सय रोपनी भन्दा बढी खेतमा लगाईएको पाकिसकेको धान असिनाले झारेर नष्ट गरिदिएपछि यहांका किसानको बिच्चली भएको छ ।
सिंचाई असुविधा भएका कारण सल्यानटार गाविसका अधिकांश किसानले मुख्य वालीका रुपमा मास खेती गर्ने गरेकोमा यो बर्ष दाल खानका लागि पनि वजारवाट किनेर खानुपर्ने अवस्था आएको सल्यानटार माझगाउंका पदमवहादुर श्रेष्ठ वताउंछन । श्रेष्ठको परिवारले पनि असिना पानी वाट चार लाख वरावरको क्षती भोग्नु परेको वताएका छन ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७०, ११ कार्तिक सोमबार १४:४८ मा प्रकाशित