प्रधानमन्त्रीको मान्छे भन्दै लाखौं ठगी-मुवाब्जा दिलाइदिने प्रलोभनमा गाउँ बासीलाई ठगियो

513 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, कात्तिक १२ – आफूलाई प्रधानमन्त्रीको नजिकको मान्छे भन्दै धादिङ छत्रेदेउरालीमा दुई जनाले लाखौं रुपैयाँ ठगेको भेटिको छ ।

उनीहरुले ल्याण्डफिल्ड साइट प्रभावितलाई सरकारले तोकेभन्दा दोब्बर मुआब्जा उपलब्ध गराइदिने प्रलोभनमा पारेर छत्रेदेउराली गाविसका करिब ८० घरबाट लाखौं रुपैयाँ ठगेको भेटिएको हो ।

ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रमा परेको जग्गा अधिग्रहणका क्रममा चलेको मूल्य भन्दा दोब्बर रकम मुआब्जामा पारिदिने प्रलोभनमा पारी छत्रेदेउराली गाविस ९ का रामबहादुर तामाङ (सिर्जन) र बगानसिंह तामाङले गाउँलेबाट लाखौं रुपैयाँ ठगेको स्थानीय बासिन्दाले बताएका छन् ।DSC01612

छत्रदेउराली गाविसको वडा नं ६, ७, ८ र ९ का खेतीयोग्य जमिनमा फोहोरमैला फालिएपछि जग्गा अधिग्रहण गरी उचित मुआब्जा दिन स्थानीय बासिन्दाले माग गर्दै आएका थिए । उनीहरुले गाउँलेबाट प्रतिरोपनी १ लाखका दरले रकम उठाएर ठगेको स्थानीय बासिन्दाको आरोप छ ।

जग्गा अधिग्रहणमा परेपछि खेतको प्रतिरोपनी १६ लाख र पाखोबारीको प्रतिरोपनी १४ लाख पाउने प्रलोभन देखाई आफूसँग कमिसन बापत ४ लाख रुपैयाँ लगेको छत्रेदेउराली ९ कटुञ्जेका अर्जुन उप्रेतीले वताउनुभयो ।

रकम असुली गर्ने मध्ये रामबहादुर एकीकृत नेकपा माओवादीका जिल्ला सदस्य तथा ल्याण्डफिण्ड साइट सरोकार समितिको सदस्य समेत रहेकाले आफूहरुले विश्वास गरेको उहाँको भनाइ छ । त्यतिबेला माओवादी नेता बाबुराम भट्टराई नेतृत्वको सरकार रहेकाले आफूहरु विश्वास गर्न बाध्य भएको उनीहरुले बताए ।

सरकारमा रहेको पार्टीको जिल्ला सदस्य भएकाले एकमुष्ठ तोक लगाएर मुआब्जा निकासा गरिदिने शर्तमा कमिसन मागेपछि प्रलोभनमा फसेर रकम दिएको उप्रेतीको भनाइ छ ।

गाउँलेहरुले धादिङका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद पोखरेल समक्ष पनि आफूहरुले रकम दिएको बताएका छन् ।DSC01618

उनीहरुले मुआब्जा मिलाइदिए बापत केही व्यक्तिलाई खर्च दिनुपर्ने भन्दै स्थानीय बासिन्दासँग पैसा उठाएका थिए । उनीहरुले गाउँलेबाट ६५ लाख रुपैयाँ उठाएको स्थानीय बासिन्दाको भनाइ छ । उनीहरुले तामाङद्वयको नाममा हिमालयन बैंकमा रहेको बैंक खातामा पैसा जम्मा गरेको बताएका छन् । पीडित स्थानीय बासिन्दाले उनीहरुको नाममा रहेको खाता नं ०१९०४०१४१४००१८ मा आफैँले नगद जम्मा गरिदिएको बताएका छन् । धादिङन्युज लाई प्राप्त बैंक भौचरमा पनि सोही खाता नम्बरमा रकम जम्मा भएको देखिएको छ । DSC01608उनीहरुले २५ हजारदेखि ४ लाख रुपैयाँसम्म बुझाएको बताएका छन् । गाउँलेसँग नगद लिएपछि उनीहरुले रसिद दिनुको साटो तमसुक बनाइ घरखर्चका लागि ऋण लिएको कागजमा सहि गराउन लगाएको स्थानीय बासिन्दाको भनाइ छ । तोके बमोजिम मुआब्जा आएपछि गाउँलेबाट रकम लिन नसकिएला भनेर उनीहरुले जग्गाधनीसँग प्रतिरोपनी एक लाखका दरले हुन आउने रकम ऋण स्वरुप लिएको कागज बनाई ३ करोड रुपैयाँ भन्दा बढीको तमसुक वनाएर लगेको एक वर्ष बितिसक्दा पनि केही नभएपछि जग्गाधनीहरुले आफूहरु ठगिएको चाल पाएको स्थानीय माइला तामाङले वताउनुभयो । ठगेको आरोप लागेका रामबहादुर तामाङले भने आफूलाई यसबारेमा केही थाहा नभएको बताएका छन् । यस्तै अर्का आरोपी बगानसिंह तामाङले भने आफू व्यस्त रहेकाले पछि सम्पर्क गर्न भनेका छन् ।