धादिङमा त्रिपक्षिय चुनावी दौड

539 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Ph5

हस्तीहरुसंग भिडन्त

धादिङ /धादिङमा चुनावी सरगमी बढेको छ । हस्तीहरु चनावी मैदानमा भएकोले यहाँको वातावरण चुनावमय भएको छ । राजनीतिक दलका नेताहरु गाउँमा गाउँमा भोटमाग्दै पुगेपछि राजनीतिक माहोल तातेको हो । हस्तीहरु चुनाव लडेको निर्वाचन क्षेत्रमा अन्य उम्मेदवारहरु पनि मतदाताको घर घरमा पुगेका छन् । उनिहरु प्रत्यक्षमा भोट नदिएपनि समानुपातिकमा चाही भोट दिनु समेत भन्न थालेका छन् ।

माओवादीको चर्चाको शिखररमा रहेका शालिकराम जम्मरकट्टेल र स्थानीय विकास मन्त्रि समेत भइससकेका नेकपा एमालेका राजेनद्रप्रसाद पाण्डे धादिङको क्षेत्र नम्बर ३ मा प्रतिस्पर्दा गर्दैछन् । यसअघि जम्मरकट्टेलले चुुनाव जितेका थिएभने पाण्डेले चुनावमा आफूलाई गाउँ समेत जान नदिएर धादली गरेको आरोप लगाउनुभएको छ । धादिङको क्षेत्र नम्बर २ मा यअघि जितेर मन्त्रि भइसकेकी एमाओवादी का कल्पना धमला, नेपाली काग्रेसका सभापति रामनाथ अधिकारी र एमालेका पूर्व अध्यक्ष गुरु बुर्लाकोटी चुनावमा प्रतिस्पर्दा गर्दै छन् ।
PH4
क्षेत्र नम्बर १ मा पञ्चायतकालदेखिका राजनीतिककर्मी एवं पूर्वगृह मन्त्रि राप्रपाका तर्फबाट बुद्धिमान तामाङ, नेकपा एमालेका धनबहादुर घले, काग्रेसका तिलक रुवाली र एमाओवादकिा इन्चार्ज पुष्पविक्रम मल्ल चुनावी दौडमा रहेका छन् । क्षेत्र नम्बर १ मा चार दल, क्षेत्र नम्बर २ मा ३ दल र क्षेत्र नम्बर ३ मा दुई दल बीच मूख्य प्रतिस्पर्दा हुँदै छ । सबै उम्मेदवार मतदाताको घर दैलोमा पुगेर मत आफूलाई दिन जोड गरिरहेको देखिन्छ । संविधान बनाउने भन्दा पनि विकास गरिँला भनेर आस्वासन दिइररहेका छन् ।

गत निर्वाचन मा विजयी भएका गएका एमाओवादकिा तीन जना नै उम्मेदवार भएका छने भने उनिहरुलाई चुनौती बनेको छ ।
चुनावका अघिल्लो संविधानसभा निर्वाचनमा एमाओवादीले धादली गरेर हराएको आरोप लगाउँदै एमालेले यस पटक अनियमित हुन नदिने बताएको छ । काग्रेसले पनि आफ्नो जित निश्चित रहेको दावी गर्दै आएको छ ।
Ph6

सदरमुकाममा सुन्यता

निर्वाचनको माहोल लागेर गाउँमा राजनीतिक दलका उम्मेदवार पुगेकोबेला गाउँ तातेको छ । जिल्लाका ३ क्षेत्रहरुका आधाभन्दा बढी गाविसहरुमा ठूला दलका उम्मेदवार पुगिसकेका छन् । गाउँ गाउँमा चुनावको चहलपहलले गर्दा यस पटकको संविधानसभा निर्वाचन जनताले चाहेको जस्तो हुनेमा सबैको विश्वास रहेको छ ।

गाउँ र टोलहरुमा राजनीतिक दलहरुले ठूला सभा गरेको र पार्टी प्रवेश गरेको भन्ने खबरहरु आइरहेको छ । तर सदरमुकाममा भने यस वर्ष अझैसम्म चुनाव लागेको छैन । गाउँका भित्तामा पोष्र र पर्चा देखिएपनि सदरमुकाममा कुनै पोष्टर पर्चा टाँसिएको छैन । झण्डा राखिएको छैन भने राजनीतिक चहलपहल छैन । नेताहरु भोटमाग्न गाउँ गएका छन् भने कार्यकर्ताहरु नेताको पछि लागेर सदरमुकाम छाडेका कारण धादिङबेसीलाई चुनाव लाग्न सकेकै छैन । राष्ट्रिय मानवअधिकार आयोगलेले जिल्लामा कुनै चुनाव नलागेको जनाउको छ । तर गाउामा भने चुनावको रौनक बढेको छ ।

आचारसंहिता र मतदाता शिक्षा

राष्ट्रिय मानवअधिकार आयोगले निवाृचनको सनदर्भमा आचारसंहिता पालना भए नभएको जानकारी लिएको छ । गाउँमा समेत गएर गरेको पर्यवेक्षणको क्रममा आचारसंहिताको उल्लंघन भएको देखिएको जनाएको छ । ठूलाठूला झण्डा, राजनीतिक दलहरुले अर्को दललाई चुनाव प्रचारमा छेवार गर्ने, युवा दस्ताहरुको क्याम्प राख्ने, गाउँमा भोट माग्नका लागि नगद दिने बाटो बनाइ दिने भनेर रकम पठाएका छन् भने पाइप र विद्युतका पोल सोत गाउँमा पठाइएको उपभोक्ताहरुले बताएका छन् ।

केही गाउाहरुमा झडप ससमेत भएको छ भने आचारसंहिता विपरित मार्चपास गर्ने र चुनावचिन्ह अंकित कपडा लगाएर युवाहरु हिड्ने गरेको प्रष्ट देखिएको छ । मानवअधिकार आयोगको टोली गाउँमा पुगेर मतदाताहरुलाई मतदाता शिक्षाको वारेमा जानकारी लिँदा कोही पनि गाएँमा नागरिकको घर दैलोमा नपुगेको भेटिएकोले मतदाता शिक्षा कार्यक्रम तत्काल चलाउनु पर्ने आयोगको टोलीले जनाएको छ । ५० गाविस भएको धादिङमा ३ ािर्वचन क्षेत्र रहेको छ । यहाँ १ लाख ७१ हजार ३१ जना मतदाता रहेकाछन् नेपाल समाचारपत्रले खबर छापेको छ् ।